१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुण्डा नाइके मनाङेले सपथ ग्रहणका लागि दिए निवेदन, पाउँछन् कि पाउँदैनन् ?

१३ पुष २०७५, शुक्रबार ०२:२९

पुस १३, काठमाडौं । सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डा नाइके राजिव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणका लागि निवेदन दिएका छन् । 

मनाङेले बिहीबार अर्का व्यक्तिमार्फत प्रदेशसभामा लिखित निवेदन दर्ता गराएका हुन् ।


प्रदेशसभा सचिवालयका उपसचिव नारायणप्रसाद अधिकारीका अनुसार सपथग्रहण गरिपाउँ भन्ने निवेदन प्रदेशसभा सचिवालयमा दर्ता भएको छ ।

निवेदन दर्ता भए पनि बाँकी प्रक्रिया भने कानुनअनुसार नै हुने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । ‘उनी थुनामुक्त मात्र भएका हुन्, सपथग्रहण गर्न पाउँछन कि पाउँदैनन् भन्ने विषय कानुनअनुसार नै हुन्छ,’ उनले भने । 

गत वर्ष मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी विजयी भएका थिए ।

उनले निर्वाचन जिते पनि हालसम्म प्रदेशसभा सदस्यको हैसियतमा सपथ भने लिएका छैनन् ।

निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले केही हप्ताअघि मुद्दा फैसला नभएसम्म सपथ लिन नमिल्ने बताएका थिए । 

‘थुनामुक्त हुनु भनेको मुद्दा फैसला हुनु होइन,’ उनले भने, ‘अदालतले मुद्दा टुंग्याएको हकमा भने उनले सपथ लिन पाउँथे ।’ यो खबर आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार