२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिजिटल नेपालको ढाँचा महीना दिनमै ल्याउछौं: मन्त्री बाँस्कोटा

२०७५, १४ पुष शनिबार ११:३५

पुस १४, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सङ्कल्प गरेको डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) एक महीनाभित्र ल्याइने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) को २५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रविधिको उच्चतम प्रयोग गरी समृद्धिलाई सार्थक तुल्याउन उक्त डिजिटल फ्रेमवर्कका आधारमा पाँचवर्षे कार्यक्रम बनाएर अघि बढ्ने उल्लेख गर्नुभयो । 


मन्त्री बाँस्कोटाले प्रविधिको पहँुच र प्रभावकारिता बढेसँगै यसको जोखिम र विकृति पनि उत्तिकै रहेको भन्दै प्रविधिको प्रयोगबाट लाभ लिन सकेमात्र त्यसको सान्दर्भिकता हुने उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “प्रविधिको प्रयोगमा पहुँच मात्र हैन त्यसबाट प्राप्त उपलब्धि महत्वपूर्ण कुरा हो, जब समाजमा उत्पादन वृद्धि र सीप सिकाउँछ त्यहाँ प्रविधिको सफलता र मानिसको जीवनसँगको सामिप्यता ठहरिन्छ तर, यसको दुरुपयोग र विकृतिलाई हटाउनै पर्छ ।” 

सञ्चारमन्त्री बाँस्कोटाले प्रविधिको सही ढङ्गले प्रयोग गर्नसके मात्र यसको सान्दर्भिकता हुने भएकाले प्रविधि मानिसभन्दा वुद्धिमान र क्षमतावान हुन नहुने धारणा राख्नुभयो । 

उहाँले भन्नुभयो, “प्रविधि मान्छेकै नियन्त्रणमा हुनुपर्छ तर मान्छेको जीवनलाई यसले सहज चाहीँ बनाउनुपर्छ । एउटा स्वीचले संसारै ध्वस्त हुने यही प्रविधिकै कारणले त हो नि । त्यसैले मानिसलाई सहज बनाओस् तर प्रविधिले मान्छेलाई कहिल्यै नजितोस् । आवश्यकताअनुरुप प्रविधिको आविष्कार र प्रयोग गर्न सकियोस् ।”  

सञ्चारमन्त्री बाँस्कोटाले प्रविधिको सरल र उच्चतम प्रयोगका लागि विद्युतीय कारोबारसम्बन्धी कानूनलाई समय सान्दर्भिक बनाइने बताउनुभयो । प्रविधिको पहुँच अभिवृद्धिका साथै ‘डिजिटल भिडाइड’ कम गर्ने उद्देश्यका साथ सरकारले शुरुवातको रुपमा विद्यालयमा कम्प्युटर शिक्षा शुरु गरेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले कम्प्युटर प्रविधिको माध्यमबाट समाजलाई आधुनिकतातर्फ लैजान र मर्यादित समाज निर्माणमा विशेष ध्यान दिन जरुरी छ भन्नुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले प्रविधिको माध्यमबाट विकास र समृद्धिलाई सार्थक तुल्याउन व्यवसायीमैत्री नीति अवलम्बन गर्न जरुरी भएको उल्लेख गर्नुभयो । 

क्यान महासङ्घका अध्यक्ष हेमन्तकुमार चौरासिया, क्यानका संस्थापक अध्यक्ष डा विमलकुमार शर्मालगायतले सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई आत्मसात् गरेर सूचना प्रविधिको माध्यमबाटै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउनेतर्फ आफूहरुको सहकार्य रहने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा महासङ्घ आवद्ध उत्कृष्ठ तीन जिल्ला शाखालाई नगदसहित सम्मान गरियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा