१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड नेकपाभित्र असन्तुष्ट नेताको मन जित्न सफल भए

१५ पुष २०७५, आईतवार ०२:१३

पुस १५, काठमाडौँ । नेकपा स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘हावी’ भएका छन्। बैठक पहिलो दिनदेखि समापनसम्मै दाहाल बलियो देखिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने रक्षात्मक रुपमा प्रस्तुत भए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

पार्टी एकताको दिन (जेठ ३) ओली–दाहाल दुवैले आफूलाई एउटै जेटका ‘जोर पाइलट’ घोषणा गरेका थिए। तर, एकतापछि २० मिनेटका दरले सबै स्थायी समिति सदस्यले बोल्ने समय पाएको पहिलो बैठकमा दाहाल एकछत्र ‘हावी’ देखिएको एक स्थायी समिति सदस्यले बताए।

दुई धारबाट आएका नेताको प्रस्तुति, हाउभाउ शैली, अभिव्यक्ति एक–अर्को खेमाका नेताहरूलाई बुझ्ने सबैभन्दा महत्वपूर्ण अवसर थियो यो बैठक। तल्लो तहसम्मको एकता प्रक्रिया लम्बिएको, सरकारको काम प्रभावकारी बन्न नसकेको भनी नेतृत्वको आलोचना बढिरहँदा स्थायी समिति बैठक बसेको थियो।

दाहालले बैठकमा आफूलाई सन्तुलित रूपमा प्रस्तुत गरे। त्यसैले उनी नेताहरूको आक्रमणको तारो बनेनन्। बरु उनी असन्तुष्ट नेताको मन जित्न समेत सफल भए। अबको पार्टी नेता आफू भएको सन्देश दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार