पुस १९, काठमाडौं | प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको सपथग्रहण गरेलगत्तै रेशम चौधरीलाई पुनः डिल्लीबजार कारागार पठाइने भएको छ। सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले पद तथा गोपनीयताको सपथ लिएपछि चौधरी निलम्बित सांसदका रुपमा जेलमै रहने बताएको छ।
।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ प्रतिनिधिसभाको सदस्य पक्राउ सम्बन्धी नियम छ। यो नियमको उपनियम ३ मा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पूर्पक्षको लागि थुनामा रहेमा सदस्यको हैसियतले कुनै कार्य गर्न नपाउने उल्लेख छ।
नियमावलीको २४४ (३) मा उल्लेख छ :