१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजको प्रतिनिधिसभा बैठकमा सडक निर्माणबारेमा सरकारको ध्यानाकर्षण

१९ पुष २०७५, बिहीबार ०८:३९

पुस १९,  काठमाडौँ (रासस) | प्रतिनिधिसभाको आजको बैठकमा तराईमा चिसोका कारण जनजीवन प्रभावितदेखि सडक निर्माण, निर्मला पन्तको हत्यालगायतका विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकमा शून्य समयमा बोल्ने सांसद रानी मण्डलले चिसोको कारण मधेशका नागरिकको जनजीवन प्रभावित भएको हुँदा सरकारले न्यानो कपडा र दाउराको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद यज्ञराज सुनुवारले प्रदेश नम्बर १ राजधानीसम्म पुग्नका लागि ओखलढुङ्गा र खोटाङका नागरिकलाई असहज भएको हुँदा घुर्मी चतरा सडक छिटो निर्माण गर्न सरकारसँग माग गर्नुभयो । 

सांसद राजेन्द्रकुमार केसी, भवानी खापुङ, यज्ञबहादुर बोगटीले सडक निर्माणमा आएको बजेटबाट आर्थिक वर्षको आधाभन्दा बढी समय सकिन लाग्दासम्म सडक निर्माणको काम शुरु नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद विमला विकले समानुपातिक सांसदलाई बजेट विनियोजन गर्दा विभेद गरेकोप्रति आपत्ति प्रकट गर्नुभयो । सांसद भरतकुमार शाहले भैँसेपाटीमा मन्त्रीलाई आवासीय भवन बनाउने निर्णय सञ्चाइ सांसद आवास गृह बनाउन माग गर्नुभयो । 

सांसद डा मीनेन्द्रप्रसाद रिजालले भूकम्पको पुनःनिर्माणको रु दुई अर्ब ५० करोड कहाँ गयो भन्दै धरहरा पुनःनिर्माणलगायतका लागि सङ्कलन गरिएको पैसाको बारेमा सरकारसँग जानकारी माग गर्नुभयो । 

सांसद यशोदा गुरुङ सुवेदीले नेपालका नम्बर प्लेटको गाडी भारत लान नपाउने तर भारतको नम्बर प्लेटका गाडीचाँहि नेपाल गुड्ने व्यवस्थाका बारेमा सरकारको स्पष्ट धारणा माग गर्नुभयो । 

सांसद रंगमती शाहीले निर्मला हप्याकाण्डका विषयमा अध्ययन गर्न सरकार सफल नभएको हुँदा महिला सांसदलाई सो विषयमा अध्ययन गर्ने जिम्मा दिएमा दोषी पत्ता लगाउने बताउनुभयो । 

सांसद राजेन्द्रप्रसाद गौतमले सरकारले सङ्घीय तथा स्थानीय विकास मन्त्रालयको डोलीडार आयोजना एकातिर बजेट अर्कोतिर भएकाले बजेटको यकिन गर्न माग गर्नुभयो |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार