१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाइडबडी घटनाका दोषीलाई जिम्मेवारीबाट मुक्त गर्न माग

१९ पुष २०७५, बिहीबार १४:१०

पुस १९, काठमाडौँ | विवेकशील साझा पार्टीले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरीदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले रु चार अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर गरेको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । 

पार्टी प्रवक्ता डा सूर्यराज आचार्यले आज विज्ञप्तिमार्फत संसदीय छानविन उपसमितिले दोषी औंल्याएका सबैलाई तत्काल कार्यभारबाट मुक्त गरी निष्पक्ष कानूनी र न्यायिक प्रक्रिया पारदर्शिरुपमा यथाशिघ्र अघि बढाउन सरकारसँग माग गर्नुभएको छ । “सार्वजनिक खरिद प्रक्रियामा बारम्बार यो तहको भ्रष्टाचार हुनुले हाम्रो राज्य प्रणाली भ्रष्टाचारको चरम विकृतीले थलिएको स्पष्ट रुपमा देखिन्छ । अझ भ्रष्टाचारलाई वैधता दिने गरी नीति र कानुनको तहमा जानिबुझि छिद्र राखेर गरिने कैयौं नीतिगत भ्रष्टाचारका विषय त सार्वजनिक समेत हुँदैनन्” विज्ञप्तिमा उल्लेख छ ।

राजनीतिलाई राज्य दोहनको माध्यम बनाउने पारम्परिक राजनीतिक अभ्यास नै समस्याको मुल कारण भएको ठहर गर्दै सो पार्टीले यस्ता विकृतिलाई जरैदेखि उखेल्न आमजनता, नागरिक समाज, राजनीतिक दललगायतलाई आफ्नो ठाउँबाट सार्थक पहल गर्न समेत आह्वान गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर