२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

मुख्यमन्त्री पौडेलको सल्लाहकारमा थपलिया

२०७५, २० पुष शुक्रबार ०७:१४

पुस २०, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता जगन्नाथ थपलिया प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त हुनुभएको छ । 

थपलियाका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई मुख्यमन्त्री पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । 


थपलिया नेकपाको प्रदेश नं ३ का सदस्य हुनुहुन्छ । तत्कालीन नेकपा एमाले चितवनका पूर्वअध्यक्ष थपलियाले अनेरास्ववियूको केन्द्रीय सचिव, नेपाल कमर्स क्याम्पस मिनभवनको दुईपटक स्ववियू सभापति, होटल मजदूर युनियन केन्द्रीय समितिको संस्थापक संयोजक, जिल्ला विकास समिति चितवनको उपसभापति रहेर पार्टीमा योगदान पुर्याउनुभएको छ । 

खैरहनी नगरपालिका वडा नं ८ निवासी थपलियाले व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रमुखका रुपमा रहेर काम गरिसक्नुभएको छ । सल्लाहकार नियुक्त भएपछि उहाँले प्रदेश नं ३ लाई विकासमा अग्रणी प्रदेशका रुपमा स्थापित गराउन सहयोगी बन्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने