१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाइडबडी प्रकरण: सांसदहरू विभाजित, तीन मन्त्रीलाई समान सजाय हुनुपर्ने

२० पुष २०७५, शुक्रबार १६:४५

पुष २०, काठमाडौँ | सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा उपसमितिको प्रतिवेदनलाई लिएर सांसदहरू दुई कित्तामा विभाजित भएका छन् । अधिकांश सांसदहरूले वाइडबडी खरिद गर्दा अनियमितता भएकोमा भने एकमत छन् तर सत्तापक्षकै मन्त्री तथा आसे-पासे समेत मुछिएपछी सांसदहरुनै दुईपक्षमा विभाजित भएका छन् । जसको कारण आजको बैठकले कुनै निष्कर्ष दिन सकेन । 

लेखा समितिले कांग्रेसका सांसद राजन केसी संयोजकत्वको सात सदस्यीय उपसमितिमार्फत १५ दिन लगाएर तयार पारेको प्रतिवेदनमा शुक्रबार छलफल गरेको थियो । तर विभाजनकै कारण उपसमितिको प्रतिवेदनमा सत्तापक्ष र प्रतिपक्ष विभाजित भएपछि उक्त प्रतिवेदन पारित हुन सकेन ।

सांसदहरुले जहाज खरिद गर्दा भएको अनियमिततामा एकमत जनाए पनि प्रतिवेदनमा भाषागत संरचना र कारबाहीको सूची नमिलेको भन्ने कारणलाई आधार बनाई सोमबार संसोधन सहित बैठकमा पेस गरिने भएको छ ।

बैठकमा नेकपाका सांसदहरू र प्रतिपक्षबीच बिबाद देखिएको छ  । नेकपाका नेताहरुले राजनीतिक पूर्वाग्रहमा प्रतिवेदन तयार गरेको भन्दै बिरोध गरेका छन् । नेकपाका नेताहरुले प्रकरणमा मुछिएका पूर्वमन्त्री जीवनबहादुर शाही, जितेन्द्रनारायण देव र पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई समान कारबाही हुनुपर्ने माग उठाएका छन् । पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई हदैसम्मको कारवाही भन्ने शब्दमा नेताहरुले प्रश्न उठाएका छन् । 


नेताहरुले तोकिएको अनुरुप जहाज नआउनु, तौलमा कम हुनु, व्यापारिक योजनाअनुसार उडान क्षमता घटाएर जहाज मगाउनु जहाज प्रकरणका अनियमिता भएको भन्दै भ्रष्टाचार भएको तर मुछिएका सबैलाई समान कारवाही गर्नुपर्ने आवाज उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार