२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कावासोतीमा कांग्रेस नेता रामचन्द्र पौडेल: स्वतन्त्र निकायलाई कमजोर पारेको आरोप

२०७५, २२ पुष आईतवार १५:४९

पुस २२, कावासोती (रासस) | नेपाली काङ्गे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले स्वतन्त्र निकायलाई कमजोर पार्दै गएको आरोप लगाउनुभएको छ । 

नवलपरासी पूर्वको कावासोतीमा नेपाल प्रेस युनियन नवलपुर शाखाले आयोजना गरेको ‘सूर्यभक्त–पतानादेवी’ स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा उहाँले सरकारले भ्रष्टाचारीलाई ढाकछोप गर्ने काम गरेको आरोपसमेत लगाउनुभयो । उहाँले महासमिति बैठक सफल भएको र यसले काङ्गे्रसलाई एकजुट भएर अगाडि बढ्न सन्देश दिएको बताउनुभयो । वरिष्ठ नेता पौडेलले नेताहरुलाई मिल्न भन्दै तल्ला तहमा गुटबन्दी गर्ने काम बन्द गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘सूर्यभक्त–पतानादेवी’ स्मृति पत्रकारिता पुरस्कारबाट यस वर्ष चार जना पत्रकारलाई सम्मान गरिएको छ । 

प्रजातन्त्रका सेनानी एवं नेपाल किसान सङ्घका संस्थापक अध्यक्ष सूर्यभक्त अधिकारीको स्मृतिमा उहाँका ज्येष्ठ सुपुत्र मदनभक्तको सहयोगमा अक्षयकोषको स्थापना गरिएको हो । विसं २०७४ को पुरस्कारबाट पत्रकार पुरुषोत्तम सुवेदी र गणशेखर शर्मालाई सम्मान गरिएको छ भने विसं २०७५ को पुरस्कारबाट पत्रकार वसन्तप्रकाश उपाध्याय र पोषण केसीलाई सम्मान गरिएको हो । पुरस्कारको राशी जनही रु २५ हजार र सम्मानपत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने