१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाइडबडीमा मुछिएका पर्यटनमन्त्री अधिकारीले आज राजीनामा देलान् ?

२३ पुष २०७५, सोमबार ०२:२४

पुष २३, काठमाडौ । पर्यटनमन्त्री रविन्द्र अधिकारीले सोमबार (आज) बिहान पत्रकार सम्मेलन गर्दैछन् । झोक्कि स्वभावका मन्त्री अधिकारीले आज पत्रकार सम्मेलन नै गर्ने भएपछी आफ्नो पदबाट राजीनामा दिने वा सफाई दिने मध्ये एक विषय आउने पक्का छ ।

आज विहान १० बजे मन्त्री अधिकारी, कृष्ण प्रसाद देवकोटा सम्बद्ध अधिकारी सहित पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको छ । बिहान ११ बजे नै लेखा समितिको बैठक बोलाइएको अवस्थामा मन्त्री अधिकारीले त्यसको १ घण्टा मात्र अघि अर्थात विहान १० बजे पत्रकार सम्मेलन गर्नुलाई फरक ढंगले लिईएको छ । यसकारण पनि केहि मिडियाले मन्त्री अधिकारीले राजिनामा गर्न सक्ने भन्दै समाचारहरु लेखेका छन् ।

पुस १८ मा संसदको सार्वजनिक लेखासमिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिवेदनमा वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर गरेको थियो भने सो अनियमिततामा मन्त्री अधिकारीसहित मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार, तत्कालीन पर्यटन सचिव प्रेमकुमार राई र शङ्कर अधिकारीलाई समेतलाई तत्काल निलम्बन गरी कारवाही गर्न सिफारिस गरिएको थियो । 

यसै बिषयमा संसदमा समेत संसदहरु बाझिएका थिए । सत्तापक्षकै सांसदहरुले भ्रष्टाचार भएको तर रविन्द्र अधिकारी सहित अन्य २ पर्यटनमन्त्री जीवनबहादुर शाही र जितेन्द्र नारायण देवलाई पनि उनि सरह कारवाहीको माग गरेका थिए । यस बिषयले पनि रविन्द्र अधिकारीले अब कि त आफू चोखो रहेको प्रमाण पेस गर्नुपर्ने छ भने कि पदबाट राजिनामानै दिनुपर्नेछ । 

रविन्द्र अधिकारी सहित मन्त्रीहरुले आफु मन्त्री हुँदा सार्वजनिक खरिद ऐन २०६३ को विपरीत अनियमित तरिकाले विमान खरिद प्रक्रिया अगाडि बढ्दा पनि यथेष्ठ सतर्कता नअपनाएकाले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै दवाव दिईएको छ । 

वाइड बडी विमान खरिदमा घोटाला भएको भन्दै संसदको सार्वजनिक लेखा समिती अन्तर्गतको उपसमितिले अधिकारी पनि दोषी रहेको प्रतिवेदन बुझाएपछी रविन्द्र अधिकारीमाथि चौतर्फी प्रश्नहरु खडा भएका छन् । सामाजिक संजालमा उनि विरुद्ध बिभिन्न स्टाटस लेखिएका छन् भने सार्वजनिक कार्यक्रममै नाम किटानी गरेर युवा र सम्भावित नेताहरु भ्रष्टाचारको दलदलमा फसेको भन्दै टिप्पणी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार