१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाइडबडी प्रकरण : रविन्द्र अधिकारी सहितले स्पष्टीकरण दिदै

२३ पुष २०७५, सोमबार ०५:२६

पुष २३, काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाजबारे उठेका समसामयिक विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री रविन्द्र अधिकारीले स्पष्टीकरण दिन पत्रकार सम्मेलन गर्नुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरिदबारे छानबिन गर्न बनाएको उपसमितिले बहालवाला उड्डयनमन्त्री रविन्द्र अधिकारी सहितका पदाधिकारीको संलग्नता रहेको प्रतिवेदन समितिमा बुझाएपछि मन्त्रालयले धारणा सार्वजनिक गर्न लागेको हो ।

बिहान ११ बजे नै लेखा समितिको बैठक बोलाइएको अवस्थामा मन्त्री अधिकारीले त्यसको १ घण्टा मात्र अघि अर्थात विहान १० बजे पत्रकार सम्मेलन गर्नुलाई अर्थपूर्ण ठानेर धेरै पत्रकारहरुको उपस्थिति रहेको छ । 

पुस १८ मा संसदको सार्वजनिक लेखासमिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिवेदनमा वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर गरेको थियो भने सो अनियमिततामा मन्त्री अधिकारीसहित मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार, तत्कालीन पर्यटन सचिव प्रेमकुमार राई र शङ्कर अधिकारीलाई समेतलाई तत्काल निलम्बन गरी कारवाही गर्न सिफारिस गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार