१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार देशका राजदूतले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे

२३ पुष २०७५, सोमबार ०९:५१

पुस २३, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि नियुक्त प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, जनवादी गणतन्त्र चीन, साउदी अरेबिया अधिराज्य र स्वेडेन अधिराज्यका राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । 

राष्ट्रपति भण्डारीसमक्ष प्रजग कोरिया, चीन, साउदी अरेबिया र स्वेडेनका राजदूत क्रमशः जो योङ म्यान, हउ याङ्की, मुसादबिन सुलेमान एम अलमाउने र क्लास मोलिनले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो । 

नेपालका लागि प्रजग कोरिया, चीन र साउदी अरेबियाका राजदूत आवासीय कूटनीतिज्ञ हुनुहुन्छ भने स्वेडेनका राजदूत गैरआवासीय हुुनुहुन्छ । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, शिष्टाचार महापाल दीपक अधिकारीलगायत नेपाल सरकारका उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो । त्यसअघि राजदूतहरुलाई विशेष सम्मानका साथ स्थानीय साङ्ग्रिला होटलबाट राष्ट्रपति कार्यालयसम्म बग्गीमा सवार गराइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु