२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश विकासमा लाग्न पूर्व राष्ट्रपतिको आग्रह

२०७५, २८ पुष शनिबार ११:५५

पुस २८ काठमाडौँ | पूर्व राष्ट्रपति डा रामवरण यादवले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन राजनीतिक दलसँग आग्रह गर्नुभएको छ । 

नाइटिङ्गेल अन्तर्राष्ट्रिय माध्यमिक विद्यालयको २६औँ वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा यादवले अब जनताको एक मात्र चाहना विकास र समृद्धि भएको हुँदा त्यसतर्फ केन्द्रित हुन सरकार र राजनीतिक दलका नेतालाई आग्रह गर्नुभएको हो । 

“जनताको लामो सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको छ, संविधान पनि जारी भएको छ, अब विकास नगर्नका लागि दलहरुले कुनै बाहना बनाउन पाउँदैनन्, व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको विकासमा लाग्नुको विकल्प छैन”, उहाँले भन्नुभयो । 

मुलुकमा व्याप्त भ्रष्टाचार, महँगी, बेरोजगारी, महिला हिंसा, बलात्कारसँगै सबै प्रकृतिका विभेद र उत्पीडनको अन्त्य गरी सुशासन कायम गर्दै देशमा शान्ति र समृद्धि कायम गर्नुपर्ने पूर्व राष्ट्रपति यादवको भनाइ छ । 

निजी विद्यालयभन्दा सरकारी विद्यालयको स्तर झन्झन् खस्कँदै गएको सन्दर्भमा पूर्व राष्ट्रपति यादवले सरकारले व्यावहारिक शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “तपाइँ अभिभावकले मेरो छोराछोरीले यही नै विषय अध्ययन गर्नुपर्छ भनेर बल नगर्नुहोस्, उसको इच्छा के छ त्यहीअनुसार अध्ययन गर्न दिनुहोस्, उसले त्यसैमा प्रगति गर्न सक्छ ।” 

कार्यक्रममा प्रतिनिधिसभाका सांसद तेजुलाल चौधरीले गरीब, दलित, दुर्गम, वा आर्थिक–सामाजिक हरेक क्षेत्रबाट पछाडि पारिएको समुदायलाई सरकारले शिक्षामा पूर्ण निःशुल्क गर्नुपर्नेमा जोड दिनुभयो । 

सरकारद्वारा राष्ट्रभरिमै सर्वोकृष्ट विद्यालय घोषित भई लगातार तीन पटकसम्म राष्ट्रिय र क्षेत्रीय पुरस्कारद्वारा विभूषित नाइटिङ्गेल स्कूल विसं २०४९ मा स्थापना भएको हो । कार्यक्रममा विभिन्न विधामा सर्वोकृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा