२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभाको आजको बैठकले तीन विधेयक पारित

२०७५, २९ पुष आईतवार १०:२०

पुस २९, काठमाण्डौ | प्रतिनिधिसभाको आजको बैठकले विभिन्न तीन विधेयकलाई बहुमतले पारित गरेको छ । 

आजको बैठकले पारित गरेका विधेयकमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५, निवृत्तिभरणकोष विधेयक, २०७५ र भुक्तानी तथा फछ्र्यौट विधेयक, २०७५ रहेका छन् । 

बैठकमा वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ र अर्थमन्त्री डा युवराज खतिवडाले निवृत्तिभरण कोष विधेयक, २०७५ र भुक्तानी तथा फछ्र्यौट विधेयक २०७५ विधेयक प्रस्तुत गर्नुभएको थियो । 

यसअघि बैठकमा मन्त्री बस्तेतले सङ्कटापूर्ण वनस्पति र वन्यजन्तुको अन्तर्राष्ट्रिय व्यापारलाई व्यवस्थित गर्न विधेयक ल्याइएको हो भन्नुभयो । विधेयकमाथि सांसदहरू प्रेम सुवाल, मोहन बानियाँ, छक्कबहादुर लामा र सञ्जय गौतमले भाग लिनुभएको थियो । 

अर्थन्त्री डा खतिवडाले निवृत्तिभरण कोषलाई व्यवस्थित बनाउन निवृत्तिभरण कोष विधेयक २०७५ आएको जानकारी दिनुभयो । सो विधेयकमाथिको छलफलमा प्रेम सुवालले भाग लिनुभएको थियो । 

यस्तै, आजको बैठकले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति गर्यो। । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो । 

विधेयकमाथि छलफलमा सांसदहरू कृष्ण पोखरेल, प्रेम सुवाल र देवप्रसाद गुरुङले भाग लिनुभयो । प्रतिनिधिसभाको अर्काे बैठक माघ ४ गते शुक्रबार दिउँसो १२ बजे बस्नेछ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने