२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभापति देउवाद्वारा रेग्मीको निधनप्रति दुःख व्यक्त

२०७५, ४ माघ शुक्रबार १०:४९

माघ ४, काठमाण्डौ | नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता केशवराज रेग्मीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनबाट पार्टीले एक अग्रज नेता गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ । काङ्ग्रेस कास्कीका अग्रज नेता रेग्मीको हिजो काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको पार्टीले जनाएको छ । 

विसं २०३० मा गण्डकी छात्र समितिबाट राजनीतिमा प्रवेश गरेका रेग्मी नेपाल तरुण दल कास्कीका संस्थापक हुनुहुन्थ्यो । स्व रेग्मीले पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा पटक–पटक गरी करीब पाँच वर्ष जेल जीवन समेत बिताउनु भएको थियो । 

आजै सभापति देउवाले सिन्धुपाल्चोक काङ्ग्रेसका पूर्वमहासमिति सदस्य भक्तध्वज प्रधानको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । प्रधानको काठमाडौँको भेडासिंहस्थित निवासमा ९२ वर्षको उमेरमा यही माघ ३ गते निधन भएको पार्टी कार्यालयले जनाएको छ । स्व प्रधानले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा