२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महिला अब आफ्नो अधिकार खोज्न अगाडी बढ्नुपर्छ: पूर्व सांसद चापागाई

९ माघ २०७५, बुधबार १०:२४

माघ ९, पर्वत । गाउँका कुनाकन्दरामा चुलोचौकोमा मात्रै सिमित भएका महिला दिदिबहिनीहरु आफ्नो अधिकार खोज्नको लागि अब अगाडी बढ्नुपर्ने बेला आएको पूर्व सांसद कल्पना चापागाई जोशीले बताएकी छिन् ।


महिलाहरुको हक अधिकार संविधानमा उल्लेख भएको र सोही अनुसार देश संघीयता चलिरहेको बताउँदै अब नेतृत्व लिनको लागि महिलाहरु अग्रसर हुनुपर्नेमा उनले जोड दिएकी हुन् ।

रेडियो दिदिबहिनीकी संस्थापक अध्यक्ष समेत रहेकी चापागाईले रेडियोले आयोजना गर्न लागेको ११ औं गण्डकी प्रदेशस्तरी महिला महोत्सवको प्रचारप्रसारको लागि बागलुङमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् ।

हरेक वर्ष महोत्सव


यही माघ २५ देखि फागुन ५ गतेसम्म महोत्सवको आयोजना हुँदैछ । रेडियो दिदिबहिनीले हरेक वर्ष महोत्सवको आयोजना गर्दै आएको छ । वर्षमा दुई पटकसम्म महोत्सववको आयोजना गर्ने गरेको रेडियोले दुइ वर्ष यता बर्षमा एक पटक मात्रै महोत्सवको आयोजना गर्दै आएको हो । नारी दिवस र अन्तराष्ट्रिय महिला श्रमिक दिवसको आयोजना तथा तीजको अवसर पारेर रेडियोले महोत्सवको आयोजना गर्दै आइरहेको छ ।

राष्ट्रिय महिला भलिबल प्रतियोगिता

महोत्सवमा मुख्य आकर्षणको रुपमा राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता राखिएको छ । तीन विभागीय टिमसहित न्यू डाइमण्ड, घरेलु टिमको सहभागीता रहने छन् । प्रतियोगितामा विजेता हुने टिमले २ लाख, द्धितियले १ लाख र तृतीय हुनेले ५० हजार रुपैयाँ पाउने छन् ।  पत्रकार र जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना समेत गरिएको छ ।

त्यस्तै दिदिबहिनी डान्स आइडल प्रतियोगिता समेत यो बर्षदेखि शुरु हुने भएको छ ।  प्रथम डान्स आइडलको विजेताले ५० हजार, द्धितियले ३० र तृतीयले २० हजार नगद पाउनेछन् । त्यसैगरी खुला दौड प्रतियोगिता समेत आयोजना हुने भएको छ । दौडका विजेताले २५ हजार, द्धितियले १५ र तृतीयले १० हजार नगद प्राप्त गर्नेछन् ।

दर्जनौ प्रतियोगिता

रत्यौली, भजन, पञ्चेबाजा, र्याली प्रतियोगिता पनि महोत्सवमा हुनेछन् । रत्यौली प्रतियोगितामा विजेता हुने टिमले २५ हजार, द्धितियले १५ र तृतीयले १० हजार पाउनेछन् त्यसैगरी र्याली तथा विभिन्न झाँकी प्रतियोगितामा विजेता हुनेले २० हजार, १५ हजार र १२ हजार पाउनेछन् भने भजन प्रतियोगितामा विजेता हुनेले १५ हजार, द्धितियले १० र तृतीय हुनेले ७ हजार पाउनेछन् ।

दर्जनौ कलाकारको प्रस्तुती

महोत्सव अवधीभर दर्जनौ राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने रेडियोकी अध्यक्ष चापागाइले सहारापाटीलाई बताइन् । उनका अनुसार कोमल वली, रामजी खाँड, पशुपति शर्मा, राधिका हमाल, प्रमोद खरेल, देवी घर्ती मगर, राजन कार्की, शिव हमाल, अन्जु पन्त, कुलेन्द्र विश्वकर्मा, मन्जु पौडेल, शोभा त्रिपाठी, कश्तुप पन्त, यम क्षेत्री, माग्ने बुढा, जितु नेपाल, ज्योति मगर, बले कक्रोज, र्पुखे बा, बशन्त थापा, प्रकास सपुत, राजा राजेन्द्र, ज्योति मगर लगायतको प्रस्तुती रहनेछ ।

६० लाखको कारोबार

दश दिनसम्म संचालन हुने महिला महोत्सवमा ६० लाखको कारोबार हुने पूर्व सांसद चापागाईले बताइन् । महोत्सवमा १ सयभन्दा बढी स्टलहरु रहने छ । हामीसँग यत्रो धन भएर महोत्सवको आयोजना गरेको होइन, सबैको साथ र सहयोग हुने अपेक्षाका साथ हामीले महोत्सवको आयोजना गर्न लागेको हो  अध्यक्ष चापागाइले भनिन् । विगतको बर्षमा झै यस बर्षमा पनि सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं उनले भनिन् ।

जेष्ठ, अपाङ्ग र एक महिलालाई निशुल्क

महोत्सवमा अपाङ्कता भएका ब्यक्ति, जेष्ठ नागरिक, एकल महिलालाई परिचयपत्रका आधारमा टिकट नलाग्ने भएको छ । महोत्सवमा आउनले एकल महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्रका आधारमा निशुल्क गरिनेछ उनले भनिन् । महोत्सवका ६० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीहरुलाई ४० को टिकट लाग्ने उनले बताइन् ।

प्रचारप्रसार तीब्र

महोत्सव  शुरु हुन अब १९ दिन मात्रै बाँकी रहेकाले आयोजक प्रचारप्रसारमा तीब्र गतिले लागेको छ । जिल्ला जिल्लामा महोत्सवबारे जानकारी दिनको लागि पत्रकार सम्मेलनको आयोजनादेखि ठाउँठाउँमा पोष्ट, ब्यानर टाँस्ने काम तिब्र पारिएको महोत्सव संयोजक दुर्गा शर्माले सहारापाटीलाई बताइन् ।

२०६६ साल फागुन २४ गते १०९ औं अन्तराष्ट्रि श्रमिक महिला दिवसका अवसरमा स्थापना भएकोे रेडियोले स्थापना कालदेखि नै पश्चिमाञ्चल स्तरीय महिला महोत्सवको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा