१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काङ्ग्रेस फेरि ठूलो पार्टी बन्दैछ: कोइराला

२४ चैत्र २०७५, आईतवार ०९:५८

चैत २४, भक्तपुर । भक्तपुर– नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा काङ्ग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् । 

नेपाल महिला सङ्घ जिल्ला कार्य समिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा समसामयिक राजनीतिक विषयमा महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले काङ्ग्रेसलाई एक बनाएर लानुको विकल्प नभएको बताए ।

महामन्त्री डा.कोइरालाले पार्टीलाई मिलाएर लैजान आफू सक्रिय रहेको बताउँदै उनले भने, ‘म पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु, पार्टीलाई एकताबद्ध बनाएर लैजान सके काङ्ग्रेसलाई कसैले जित्न सक्दैन, काङ्ग्रेस फेरि ठूलो पार्टी हुन्छ ।’ 

काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा ढकाल, प्रदेश नं ३ का प्रदेशसभा सदस्य रजनी जोन्छे, काङ्ग्रेसका जिल्ला सभापति दुर्लभ थापा, नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थ, भक्तपुर काङ्ग्रेसका पूर्वसभापति गणेशमान चक्रधर, काङ्ग्रेस नेता अष्टकुमार कबे, क्षेत्र नं १ का सभापति जीवन खत्री, नेता मदनकृष्ण श्रेष्ठ, सङ्घका जिल्ला सभापति सरु बानियाँ लगायतले काङ्ग्रेसभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा जोड दिए ।

त्यसैगरी नेपाली काङ्ग्रेसका महामन्त्री डा.कोइरालाले मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको आरोप लगाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट