2026-07-08 06:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीलाई बधाई

2019-07-25

साउन ९, काठमाडौँ  | प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई तथा शुभकामना सन्देश पठाउनु भएको छ । प्रधानमन्त्री ओलीले आफ्ना बेलायती समकक्षीलाई बधाई ज्ञापन गर्दै आज पठाउनुभएको सन्देशमा नेपाल र संयुक्त अधिराज्यबीचको दुई शताब्दी पुरानो सम्बन्धको स्मरण गर्नुभएको छ । 

“नेपालको बाह्य विश्वसँग दौत्य सम्बन्ध कायम भएको सबैभन्दा पुरानो मित्रराष्ट्र  बेलायत नै हो”,प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “आपसी हितका विभिन्न क्षेत्रहरुमा वर्षांैदेखि दुई देशबीचको मित्रता झनै फराकिलो र गहिरो बनेको छ ।”

उहाँले हालैको आफ्नो बेलायत भ्रमणको सम्झना गर्दै “तत्कालीन प्रधानमन्त्री टेरेसा मेका साथै सांसद र व्यापारिक समुदायसँगको अन्तरक्रियाका क्रममा दुई देशको मैत्रीपूर्ण सम्बन्ध तथा आर्थिक सहयोगको आदानप्रदानका विषयमा जोड दिइएको थियो”,भन्नुभएको छ । 

बेलायत सरकारले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गरेकामा हार्दिक आभार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा “नेपालमा लामो समयदेखिको राजनीतिक सङ्क्रमणको अन्त्य गर्दै हामीले विकासका प्राथमिकता निर्धारण गरेर समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकांक्षा परिकल्पना गरेका छौँ । त्यसैले हामी बेलायतजस्तो हाम्रो महत्वपूर्ण मित्र राष्ट्रबाट सामाजिक आर्थिक विकासको लक्ष्य हासिल गर्न उच्चस्तरको सहयोगको अपेक्षा गर्दछौँ ।”

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री जोन्सनको कार्यकालको सफलताको कामना गर्दै तथा बेलायतका जनताको शान्ति, प्रगति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले दुई देशबीचको सम्बन्ध भावी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री जोन्सनसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्ने अपेक्षा गर्नुभएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले