२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध शुल्क फिर्ता गर्न अनेरास्ववियुको मेडिकल कलेजलाई आग्रह

२०७६, ८ मंसिर आईतवार १०:३९

मंसिर ८, काठमाडौँ | अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शुल्क समायोजन गरी कार्यान्वयनका लागि सरकारले दिएको निर्देशन निर्धारित समयभित्र कार्यान्वयन गर्न आग्रह गरेको छ।

अनेरास्ववियुको आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा निर्धारित १५ दिनको समयभित्र सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको एफिलेशन खारेज गर्न, अध्ययनरत विद्यार्थीको व्यवस्थापन गर्न, निर्धारितभन्दा बढी शुल्क लिने कलेज सञ्चालकलाई गिरफ्तार गरी कारवाही अगाडि बढाउन सरकारलाई आग्रह गरिएको छ।

निरन्तर खबरदारी र दवाव दिँदा पनि मेडिकल कलेजले सहमति कार्यान्वयन नगरे अनेरास्ववियु कडा आन्दोलनमा उत्रिने जनाइएको छ। युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि गरिएको दमनको भत्सना गर्दै शान्तिपूर्ण आन्दोलन र धर्नामा रहेका विद्यार्थीलाई होस्टलमा बस्ने र जीवनको सुरक्षाको प्रबन्ध मिलाउन कलेज प्रशासनलाई अनेरास्ववियुले आग्रह गरेको छ।

मेडिकल शिक्षाको क्षेत्रमा देखिएका विसङ्गति, शुल्क, छात्रवृत्तिलगायतका समस्यामा विषयमा अनेरास्ववियुको पटकपटकको ध्यानाकर्षणपछि मेडिकल सञ्चालन, विश्वविद्यालय र सरकारसँग विभिन्न सहमति र समझौत भएको थियो। तर मेडिकल कलेजले उक्त सम्झौताको प्रभावकारी कार्यान्वयन गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल