२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका तीनवटै वडामा मतदान जारी

२०७६, १४ मंसिर शनिबार ०४:४५

मङ्सिर १४, बैतडी | उपनिर्वाचन हुने बैतडीका तीनवटै वडामा मतदान जारी रहेको छ । बिहान ७ बजेदेखि मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो । बिहान साँढे ८ बजेसम्म ४३७ जनाले मतदान गरेका निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिनुभयो । उपनिर्वाचन हुने तीन वडामा कूल चार हजार ३३६ मतदाता रहेका छन् ।

उपनिर्वाचनका लागि छ मतदानकेन्द्र तोकिएका छन् । दोगडाकेदार गाउँपालिका–४ को केदार मावि पिपलकोटमा क र खमा गरी एक हजार २२९, हुनैनाथ आधारभूत विद्यालय कपिन्नामा ५७९ र सुर्नया गाउँपालिका–१ को साविकको गाविस भवन गुर्केलीमा ६१९ मतदाता छन् । पुर्चौडी नगरपालिका–४ को महादेव मावि सिवाबोमा ८६५, पहरौल मावि बाङ्गामा एक हजार ४४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

उपनिर्वाचनका लागि सुरक्षाकर्मीसहित करीब ४०० जनशक्ति परिचालन गरिएको छ ।  उपनिर्वाचन हुने जिल्लाको दोगडाकेदार–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा  ३०० बढी सुरक्षाकर्मी र ५४ कर्मचारी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । तीन वडामा छ मतदान केन्द्र तोकिएकामा प्रत्येक मतदान केन्द्रमा नौ कर्मचारी र ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।  मतदानकेन्द्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा