१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार महिला मन्त्रालयमा किन पुरुष मन्त्री ? महिला अधिकारकर्मी

१६ मंसिर २०७६, सोमबार १०:३६

मंसिर १६, काठमाडौं | सरकारले मन्त्री परिषद पुनः गठन गर्दा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पुरुष मन्त्री बनाएकोप्रति महिला अधिकारकर्मीले आपक्ति जनाएका छन् | राजधानीमा घरेलु महिला हिसांविरुद्ध काम गदै आएको होम नेट नेपाल (एचएनएन)ले महिलाको श्रमको सम्मान राष्ट्रिय कार्याशाला गोष्ठीमा बोल्न महिलाअधिकारर्कीहरुले  बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पर्वत गुरुङलाई मन्त्री बनाएर सरकारले महिलाको अपमान गरेको बताएका छन् ।

सरकारले महिलामाथि अन्याय गरिरहेको छ । यतिसम्म महिलाका लागि छुटाइएको मन्त्रालय पनि पुरुष मन्त्रीलाई जिम्मा दिएर पुरुषत्व देखाएको नेपाल महिला एकता समाजकी अध्यक्ष विमल तामाङले बताइएकी छिन् । सविधान र ऐनमा महिला अधिकारलाई स्थापित गर्ने कानुन बनाएपनि व्यवहारमा लागू नभएको समाजकी अध्यक्ष तामाङको आरोप छ ।

‘सरकारले महिलाका लागि भनेर छुटाएको मन्त्रालयमा पुरुष मन्त्री ल्याउन कतिसम्म व्याहारिक हो भने प्रश्नको विषय बनेको छ । महिला मन्त्रालयमा पुरुषले के काम गर्लान र । यस्ता विषयमा सरकारले  विचार गर्नुपर्छ ।’ उनले भनिन, ‘महिलालाई दवास सरकारले नै लागि परेको छ । महिला हिसां रोक्न जनताका अगाडी ठुला भाषण गर्ने तर, महिला हिसांका ठुला मुद्धामा सरकार नै मौन देखिन्छ ।’ 

यस्तै, महिला मानवअधिकार सञ्जालकी अध्यक्ष रेणु अधिकारीले राज्यले महिला हिंसा रोक्न नचाहेको आरोप लगाएकी छिन् । राज्यको आँखा अगाडी महिला हिंसा भइरहेको छ तर, विडम्वाना सरकार नै मौन बसेको अध्यक्ष अधिकारीले बताइन । राजनीति दलले महिला हिंसाका मुद्धा ढाकछोप गर्ने महिला मन्त्रालयमा पुरुष मन्त्री ल्याएको उनको आरोप छ । हिंसा धेरै पुरुषबाटै हुन्छ त्यस्ता महिला हिंसा लुकाउन महिला मन्त्रालयमा पुस्ष मन्त्री आउने गरेको उनको भनाइ छ । 

एचएनएनले गरेको कार्यक्रमका प्रमुख अथिति भने मन्त्री गुरुङ नै थिए । मन्त्री गुरुङले सरकारले महिला हिसां रोक्न पहल र कानुनी नै निर्माण गरेर प्रयास गरिरहेको बताएका थिए । आफु मन्त्री भएको दुई हप्ता मात्र भएकाले अहिले अध्ययन गरिररहेको भन्दै केही नभनी मन्त्री गुरुङ कार्यक्रमबाट बाहिरिएका थिए । मन्त्री गुरुङ कार्यक्रमबाट बाहिरिएपछि बोल्न महिलाले महिला मन्त्रालयमा पुरुष मन्त्री ल्याएको सरकारको आलोचना गरेका थिए । एचएनएनले महिला हिंसा र घरेलु महिला अधिकारका लागि काम गदै आएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण