२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार महिला मन्त्रालयमा किन पुरुष मन्त्री ? महिला अधिकारकर्मी

२०७६, १६ मंसिर सोमबार १०:३६

मंसिर १६, काठमाडौं | सरकारले मन्त्री परिषद पुनः गठन गर्दा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पुरुष मन्त्री बनाएकोप्रति महिला अधिकारकर्मीले आपक्ति जनाएका छन् | राजधानीमा घरेलु महिला हिसांविरुद्ध काम गदै आएको होम नेट नेपाल (एचएनएन)ले महिलाको श्रमको सम्मान राष्ट्रिय कार्याशाला गोष्ठीमा बोल्न महिलाअधिकारर्कीहरुले  बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पर्वत गुरुङलाई मन्त्री बनाएर सरकारले महिलाको अपमान गरेको बताएका छन् ।

सरकारले महिलामाथि अन्याय गरिरहेको छ । यतिसम्म महिलाका लागि छुटाइएको मन्त्रालय पनि पुरुष मन्त्रीलाई जिम्मा दिएर पुरुषत्व देखाएको नेपाल महिला एकता समाजकी अध्यक्ष विमल तामाङले बताइएकी छिन् । सविधान र ऐनमा महिला अधिकारलाई स्थापित गर्ने कानुन बनाएपनि व्यवहारमा लागू नभएको समाजकी अध्यक्ष तामाङको आरोप छ ।

‘सरकारले महिलाका लागि भनेर छुटाएको मन्त्रालयमा पुरुष मन्त्री ल्याउन कतिसम्म व्याहारिक हो भने प्रश्नको विषय बनेको छ । महिला मन्त्रालयमा पुरुषले के काम गर्लान र । यस्ता विषयमा सरकारले  विचार गर्नुपर्छ ।’ उनले भनिन, ‘महिलालाई दवास सरकारले नै लागि परेको छ । महिला हिसां रोक्न जनताका अगाडी ठुला भाषण गर्ने तर, महिला हिसांका ठुला मुद्धामा सरकार नै मौन देखिन्छ ।’ 

यस्तै, महिला मानवअधिकार सञ्जालकी अध्यक्ष रेणु अधिकारीले राज्यले महिला हिंसा रोक्न नचाहेको आरोप लगाएकी छिन् । राज्यको आँखा अगाडी महिला हिंसा भइरहेको छ तर, विडम्वाना सरकार नै मौन बसेको अध्यक्ष अधिकारीले बताइन । राजनीति दलले महिला हिंसाका मुद्धा ढाकछोप गर्ने महिला मन्त्रालयमा पुरुष मन्त्री ल्याएको उनको आरोप छ । हिंसा धेरै पुरुषबाटै हुन्छ त्यस्ता महिला हिंसा लुकाउन महिला मन्त्रालयमा पुस्ष मन्त्री आउने गरेको उनको भनाइ छ । 

एचएनएनले गरेको कार्यक्रमका प्रमुख अथिति भने मन्त्री गुरुङ नै थिए । मन्त्री गुरुङले सरकारले महिला हिसां रोक्न पहल र कानुनी नै निर्माण गरेर प्रयास गरिरहेको बताएका थिए । आफु मन्त्री भएको दुई हप्ता मात्र भएकाले अहिले अध्ययन गरिररहेको भन्दै केही नभनी मन्त्री गुरुङ कार्यक्रमबाट बाहिरिएका थिए । मन्त्री गुरुङ कार्यक्रमबाट बाहिरिएपछि बोल्न महिलाले महिला मन्त्रालयमा पुरुष मन्त्री ल्याएको सरकारको आलोचना गरेका थिए । एचएनएनले महिला हिंसा र घरेलु महिला अधिकारका लागि काम गदै आएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल