१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा अध्यक्ष थापा अमेरिकाका विभिन्न कार्यक्रममा

१९ मंसिर २०७६, बिहीबार ०४:४१

मङ्सिर १९, काठमाडौँ | संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डिसीमा अन्तरराष्ट्रिय डेमोक्रेटिक युनियन(आइडियु)को अन्तराष्ट्रिय सम्मेलन शुरु भएको छ ।  क्यानडाका पूर्वप्रधानमन्त्री तथा आइडियुका अध्यक्ष स्टेफेन हार्परले सम्मेलनको उद्घाटन गर्नुभयो । 

सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापा नेतृत्वको प्रतिनिधिमण्डलले भाग लिइरहेको छ । नेपाली प्रतिनिधिमण्डलमा राप्रपाका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य लोकनाथ तिवारी सहभागी हुनुहुन्छ  । सम्मेलनमा प्रजातन्त्र, वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समीक्षा गरिनाका साथै परम्परागत मूल्यमान्यता र संस्कृतिको संवद्र्धन आदि विषयमा विचारविमर्श हुने बताइएको छ । 

 वासिङ्गटन डिसीमा आजै आइडियु अध्यक्ष हार्पर र राप्रपा अध्यक्ष थापाबीच शिष्टाचार भेट भएको छ । भेटका अवसरमा उहाँहरुबीच विश्वराजनीतिमा देखापरेका चुनौती र प्रजातन्त्रलाई सर्वसत्तावादी अतिक्रमणबाट जोगाउन अपनाउनुपर्ने साझेदारीका विषयमा विचारको आदानप्रदान भएको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । यसैबीच अध्यक्ष थापा र एशिया प्यासिफिक डेमोक्रेटिक युनियनका महासचिव ब्रुस एडवार्ड्सबीच पनि आजै शिष्टाचार भेट  भएको छ ।  सम्मेलनमा विश्वका ५५ देशका विभिन्न राजनीतिक दलका नेताको सहभागिता रहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण