२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा अध्यक्ष थापा अमेरिकाका विभिन्न कार्यक्रममा

२०७६, १९ मंसिर बिहीबार ०४:४१

मङ्सिर १९, काठमाडौँ | संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डिसीमा अन्तरराष्ट्रिय डेमोक्रेटिक युनियन(आइडियु)को अन्तराष्ट्रिय सम्मेलन शुरु भएको छ ।  क्यानडाका पूर्वप्रधानमन्त्री तथा आइडियुका अध्यक्ष स्टेफेन हार्परले सम्मेलनको उद्घाटन गर्नुभयो । 

सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापा नेतृत्वको प्रतिनिधिमण्डलले भाग लिइरहेको छ । नेपाली प्रतिनिधिमण्डलमा राप्रपाका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य लोकनाथ तिवारी सहभागी हुनुहुन्छ  । सम्मेलनमा प्रजातन्त्र, वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समीक्षा गरिनाका साथै परम्परागत मूल्यमान्यता र संस्कृतिको संवद्र्धन आदि विषयमा विचारविमर्श हुने बताइएको छ । 

 वासिङ्गटन डिसीमा आजै आइडियु अध्यक्ष हार्पर र राप्रपा अध्यक्ष थापाबीच शिष्टाचार भेट भएको छ । भेटका अवसरमा उहाँहरुबीच विश्वराजनीतिमा देखापरेका चुनौती र प्रजातन्त्रलाई सर्वसत्तावादी अतिक्रमणबाट जोगाउन अपनाउनुपर्ने साझेदारीका विषयमा विचारको आदानप्रदान भएको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । यसैबीच अध्यक्ष थापा र एशिया प्यासिफिक डेमोक्रेटिक युनियनका महासचिव ब्रुस एडवार्ड्सबीच पनि आजै शिष्टाचार भेट  भएको छ ।  सम्मेलनमा विश्वका ५५ देशका विभिन्न राजनीतिक दलका नेताको सहभागिता रहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड