१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह

१९ मंसिर २०७६, बिहीबार ०८:२०

मङ्सिर १९, काठमाडौँ | उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री र्याण्डम जि स्च्रिभरले आज भेट गरी ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन आग्रह गर्नुभएको छ ।

सहायकमन्त्री र्याण्डमले उक्त रणनीतिलाई अमेरिकी सहकार्यको नीतिका रुपमा बुझिदिन आग्रह गर्नुभएको थियो भने जवाफमा उपप्रधानमन्त्री पोखरेलले सो रणनीतिप्रति आफूहरु सकारात्मक भएको जनाउनुभएको थियो । उप्रधानमन्त्री पोखरेलले सार्वभौमिकता र स्वाधीनताका आधारमा दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध अझ विस्तार हुनुपर्नेमा जोड दिनुभयो । 

माथिको तश्वीरमा: उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग बिहीबार मन्त्रालयमा भेट गर्दै नेपाल भ्रमणमा रहनुभएका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री र्याण्डम जि स्च्रिभर । तस्वीरः नवीन पौडेल/रासस

उहाँले नेपाली सेनाका लागि विपद् व्यवस्थापन र मानवीय सहयोग वृद्धिका लागि आग्रह पनि गर्नुभयो । सो अवसरमा अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’, संयुक्त सैन्य अभ्यास तथा नेपालमा अमेरिकी रक्षा र सुरक्षासम्बन्धी सहकार्य वृद्धिलगायत विषयमा छलफल भएको रक्षा मन्त्रालयका उपसचिव मुक्तिराम अर्यालले जानकारी दिनुभयो ।

भेटका अवसरमा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की, नेपालका लागि अमेरिकी राजदूत रेड्डी बेरी, रक्षा र परराष्ट्र मन्त्रालयलका अधिकारीको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण