२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस केन्द्रीय समिति बैठक पौडेल पक्षले आज पनि बहिष्कार गर्ने

२०७६, २९ मंसिर आईतवार ०७:५४

मंसिर २९, काठमाडौँ | बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज पनि केन्द्रीय समिति बैठक बहिष्कार गर्ने भएका छन् | नेपाली कांग्रेसको आज बस्ने  केन्द्रीय कार्यसमिति बैठकमा पौडेल पक्षका केन्द्रिय सदस्य उपस्थित नहुने भएका छन् |

सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनको कार्यतालिका प्रकाशित गर्न सहमत नभएको भन्दै पौडेल पक्षका नेताहरूले बैठक बहिष्कार गर्ने बताएका हुन् | गत बिहीबार बसेको बैठकमा सभापति देउवाले ४१ विभाग गठन गर्नेलगायत ९ एजेन्डा पेश गरेका थिए तर पौडेल पक्षका नेताले बहिस्कार गरे |

महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच केहीबेर अघि भएको छलफलपछि आज पनि बैठक बहिष्कार गर्ने निर्णय भएको हो |  देउवा शनिबार विहान बोहराटारस्थित निवास पुगेर बरिष्ठ नेता पौडेलसँग छलफल गरेका थिए |

१४ औं महाधिवेशनको कार्यतालिका बैठकका एजेन्डा नबनेसम्म आफूहरू केन्द्रीय समिति बैठकमा उपस्थित नहुने पौडेल पक्षको दाबि छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड