१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा पक्राउ परेका विप्लव समुहका ६ जना विद्यार्थी धरौटीमा रिहा

४ पुष २०७६, शुक्रबार ०९:५८

पुस ४, दार्चुला | नेत्रविक्रम चन्द (विप्लव) समूहका छ जना विद्यार्थी धरौटी रकम बुझाएर छुटेका छन् | गत मङ्सिर १० गते कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको विषयलाई लिएर विरोध कार्यकम गर्न सदरमुकाम खलङ्गा पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो |

उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर, अभद्र व्यवहार गर्न नहुने जस्ता आरोप लगाएर मुद्दा लगाइएको थियो। पक्राउ परेका डडेल्धुराको भागेश्वर गाउँपालिका–३ का २२ वर्षीय ललित सार्की, पर्शुराम नगरपालिका–५ का २३ वर्षीय गणेश बोहरा, बझाङको बुङ्गल गाउँपालिका–४ का २९ वर्षीय तिलक कुँवर, खप्तड छन्ना गाउँपालिका– ८ का २५ वर्षीय सुभास जोशी, दार्चुलाको मार्मा गाउँपालिका– ४ का १९ वर्षीय धनसिंह धाँमी र बाजुराको बूढीगङ्गा नगरपालिका–१० का २१ वर्षीय दीपक रावतलाई जनही रु आठ हजार धरौटी लिएर जिल्ला प्रशासन कार्यालयले छोडेको हो। 

विद्यार्थी भएका कारण थोरै रकम धरौटी लिएर छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए। यस्तै उक्त समूहले आफ्ना विद्यार्थी पक्राउ गरेर आफन्तलाई सहज भेटघाट गर्न नदिएको धरपकड गरेको, झुठा मुद्दा लगाई हिरासतमा राखेको भन्दै राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा उजुरीसमेत दिएको थियो। आयोगले उजुरी परेकाबारे जिल्ला प्रशासन कार्यालयलाई गत मङ्सिर १३ गते जानकारी माग गरेको थियो भने जिल्ला प्रशासन कार्यालयले यही पुस २ गते आयोगलाई घटनाबारे लिखित जवाफ दिएको थियो। 

पक्राउ परेका विद्यार्थीले बसपार्क क्षेत्रमा प्रहरीसँग बादविवाद गरेको, हातपात गर्नुका साथै अभद्र व्यवहार गरेर भागेका कारण कानूनबमोजिम पक्राउ गरिएको जवाफ पठाएको जिल्ला प्रशासन कार्यालयले स्रोतले जनाएको छ। प्रशासनले पक्राउ गरिएकालाई कानूनसम्मत म्याद थप प्रक्रियाको कागज बनाई राखिएको तथा उनीहरुमाथि कुनै पनि किसिमको शारीरिक तथा मानसिक यातना नदिएको उल्लेख गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण