२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेकपामा गुटबन्दी मौलायो –प्रवक्ता श्रेष्ठ

२०७६, ५ माघ आईतवार ०८:३०


माघ ५, पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी गुटबन्दीमा फसेको बताएका छन् । 

पछिल्लो समयमा नेकपामा गुटबन्दी मौलाएको र शीर्ष नेतृत्वको विरुद्धमा बोले कुन बेला कुन नेताको राजनीति सकिने हो भन्ने खतरा बढेको उनले बताए । 

पर्वतमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । दुई ठूला राजनीतिक शक्ति मिलेर नेकपा बनेको बताउँदै नेता श्रेष्ठले नागरिकको चाहाना अनुसार अगाडी बढ्नुपर्नेमा जोड दिए ।

हामी ठूलो शक्ति भयौ भनेर बस्ने बेला होइन काम गरेर देखाउनुपर्छ उनले भने । नेता श्रेष्ठले सोमबार बोलाइएको संसद बैठकबाट नै सभामुखको चयन प्रकृया अगाडी बढ्ने बताए । उनले भने 'मलाई विश्वास छ माघ ६ गतेको संसद बैठक स्थगित हुँदैन यहि बैठकबाट सभामुखको चयनको विषय अगाडी बढ्छ ।'

नेता श्रेष्ठले एमसीसीबारे पार्टी नेतृत्वले गहन छलफल गरेर निर्णय लिने पनि बताए । उनले सरकारले पार्टी चलाउन खाजेको भन्दै सरकारले पार्टी चलाउन खोजे सरकार कमजोर हुने भन्दै सरकारले पार्टीमा हस्तक्षेप गर्न नहुने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु