माघ ९, जनकपुर | प्रदेश नम्बर २ मा नेकपाकी उमेदवार तुलसा दाहाल विजयी भएकी छन् | बिहीबार भएको मतदानमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नागिना यादवलाई पराजित गर्दै नेकपा-राजपाकी संयुक्त उमेदवार तुलसा बिजय भएकी हुन् |
तुलसाले स्थानीयतर्फ स्थानीय तहतर्फ १४० र प्रदेशतर्फ ५६ मत ल्याएकी छन् | उनले कुल मतभार ५२०८ प्राप्त गरेकी छन् | त्यसैगरी कांग्रस उमेदवार नागिनाले स्थानीयतर्फ १३० ल्याएकी छन् भने प्रदेशतर्फ ५० मत ल्याएको | उनले कुल मतभार ४७४० प्राप्त गरेकी छन् |
चार पदका लागि भएको मतदानमा नेकपा-राजपाले संयुक्त उमेदवार बनाएका थिए | कांग्रेसले समाजवादी दलसँग गठबन्धन गरेको थियो | प्रदेश २ मा दलिततर्फको मतगणना सुरु भएको छ |