पूर्णप्रसाद न्यौपाने | ओखलढुंगा | सरकारी ढिलासुस्तीका कारण ओखलढुंगाको विकासले गती लिन नसकेको ओखलढुंगा नगर विकास समितिका नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने | ओखलढुंगा | सरकारी ढिलासुस्तीका कारण ओखलढुंगाको विकासले गती लिन नसकेको ओखलढुंगा नगर विकास समितिका नि"/>
२०८२, १३ चैत्र शुक्रबार
ओखलढुङ्गा - OKL

सरकारी ढिलासुस्तीका कारण विकासले गती लिन सकेनः केसी

२०७३, १ श्रावण शनिबार १३:३३

पूर्णप्रसाद न्यौपाने | ओखलढुंगा | सरकारी ढिलासुस्तीका कारण ओखलढुंगाको विकासले गती लिन नसकेको ओखलढुंगा नगर विकास समितिका निवर्तमान अध्यक्ष विनोद केसीले बताउनु भएको छ । 

आफ्नो दुईवर्षे कालकालको अन्तमा आयोजीत एक कार्यक्रमका बिच केसीले यस्तो बताउनु भएको हो । ‘ हामि आजै,अहिल्यै काम गरौँ भन्छौँ,तर सरकारी कर्मचारी आज नभए भोली,भोली नभए पर्सि भन्छन्,त्यसैले अपेक्षीत काम हुँदैन’केसीले भन्नुभयो‘दलदल बिचको र दलहरु भित्रको विवादले पनि विकास अघि बढ्न दिईरहेको छैन’ यस्तै समस्याका कारण आफ्नो दुई वर्षे कार्यकालमा पनि चाहाना हुँदाहुँदै अपेक्षीत काम गर्न नसकेको उहाँको भनाई छ ।

ओखलढुंगा नगर विकास समितिका निवर्तमान अध्यक्ष केसीले दुई वटा महत्वपूर्णकाम आफ्नो कार्यकालमा भएको दावी गर्नुभयो‘सदरमुकाम स्थित बसपार्क निर्माण र ओखलढुंगा नगरपार्क निर्माणका दुईवटा काम मेरो नेतृत्वको समितिले अघि बढाएको हो’ साझासवालसँग कुरा गर्दै केसीले भन्नुभयो‘नगर विकासको खाका बनाउने लगाएतका कामहरु विविध कारण गर्न सकिएन तर त्यो काम गर्न आवश्यक देखेको छु’ एक नगरपालीका एक नगर विकास समिति मात्रै आवश्यक रहेको उहाँको भनाई छ ।

दुई वर्षअघि ओखलढुंगा नगर विकास समितिको अध्यक्षमा नियुक्त केसिको कार्यकाल सकिएको छ । आफ्नो कार्यकालमा सहयोग गर्ने सबै साझेदार निकायलाई आज समितिका तर्फबाट केसिले प्रशंसा पत्र प्रदान गर्नुभएको छ । पदिय जिम्मेवारीको समय सकिए पनि विकासका लागि निरञ्तर लागि रहने केसीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु