१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा नेकपाको तीनमहिने सुदृढीकरण अभियान

२ चैत्र २०७६, आईतवार १५:५८

चैत २, प्युठान | नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला सङ्गठन कमिटी प्युठानले तीनमहिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गरेको छ । गत फागुन २८ गतेदेखि ‘समृद्ध नेपाल सुखी नेपालीको आधार, सुदृढ पार्टी सुशासन र लोकप्रिय सरकार’ भन्ने नारा लिई अभियान सञ्चालन गरिएको हो । 

अभियानका क्रममा जनभेला, प्रशिक्षण, स्कुलिङलगायतका कार्यक्रम जनतासम्म पुर्याइने जिल्ला पार्टी सङ्गठन कमिटी सचिव कृष्ण अधिकारीले जानकारी दिनुभयो । पार्टी सङ्गठन कमिटीले पहिलो चरणमा प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, मल्लरानी, झिमरुक, गौमुखी, नौबहिनी, माण्डवी र ऐरावतीमा स्थानीय तहस्तरीय पूर्ण बैठक सम्पन्न गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार सरुमारानी गाउँपालिकामा केही दिनमा बैठक हुनेछ । 

बैठकमार्फत वडा कमिटीको बैठकको मिति छनोट, कार्यक्षेत्र विभाजन, सङ्गठनलाई बलियो, सुदृढ र बलियो बनाउन कार्ययोजना निर्माण र स्थानीय तह सङ्गठन कमिटीले गरेका कामका बारेमा प्रचारप्रसार गर्न सूचना डेक्ससमेत तय गरिएको सचिव अधिकारीले बताउनुभयो । जिल्ला कमिटीले यही चैत १० गतेसम्म युवा, जनवर्गीय सङ्गठनको एकीकरण प्रक्रिया टुङ्ग्याने, चैत १७ गतेसम्म ६४ वटै वडा कमिटीको बैठक सम्पन्न गर्ने र चैत २० गतेसम्म पार्टी सदस्यता नवीकरणको काम सकाउने योजनाका साथ अगाडि बढेको उहाँले बताउनुभयो । 

त्यस्तै अभियानका क्रममा नेता कार्यकर्ता जनताको सम्बन्ध सुदृढ गर्न, सरकारले गरेका कामहरु जनतासम्म पुर्याउने, पार्टी एकताको महत्व र आवश्यकताबारे कार्यकर्तालाई स्पष्ट पार्ने, शहीद, बेपत्ता, घाइते, अपाङ्ग परिवारसँग अन्तरक्रिया गरिने उहाँले बताउनुभयो । यसै अवधिमा जनवर्गीय मोर्चाहरुको सदस्यता वितरण, कमिटी गठन, पार्टी प्रवेश, स्थानीय तहस्तरीय कार्यदल गठनलगायतका काम हुनेसमेत उहाँले जानकारी दिनुभयो । साथै जेठ महिनासम्म नौवटै स्थानीय तहमा सभाको आयोजना गर्ने र असारमा जिल्लास्तरीय भेलासमेत गरिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण