२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र तोकियो, स्थानीयको बिरोध

२०७६, ४ चैत्र मंगलवार ०८:३१

चैत ४, बैतडी | बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को पङ्सेरामा तोकिएको छ | गाउँसभाको २ तिहाई बहुमतले उक्त निर्णय पारित गरेको हो |

सोमबार उपस्थित २५ जना गाउँसभा सदस्यहरुले उक्त निर्णय सदर गरेकाले अब उक्त निर्णय प्रदेश सरकारलाई बुझाउने र प्रदेश सरकारमार्फत संघीय सरकारलाई पठाउने गाउँपालिकाका अध्यक्षउकेन्द्र बोहराले जानकारी दिए |

गाउँसभाबाट २ तिहाई बहुमतले पङ्सेरामा केन्द्र बनाउने निर्णय भएकोमा केही स्थानीयले त्यसको विरोध गरेका छन्। विगतमा गाउँपालिकाको केन्द्र  वडा नम्बर ७ भानी गाउँमा रहेकोमा त्यसलाई यथावत राख्नुपर्ने भन्दै उनीहरुले विरोध गरेका हुन |

नेकपा जिल्ला अध्यक्ष सुरेन्द्र पालको निर्देशनमा गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले पङ्सेरामै केन्द्र बनाउन चलखेल गरेको भन्दै आइतबार स्थानीले गोकुलेश्वरमा विरोध प्रर्दशन गरेका थिए।  

आक्रोशित स्थानीयले ७ वडा रहेको गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र ७ गरी ४ वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए | जनताको पक्षमा निर्णयनभएको भन्दै विरोध जारी राख्ने डिलाशैनी संघर्ष समितिका संयोजक जयराज जोशीले बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु