गौरव पोखरेल/साउन ३, झापा । नेपाली कांग्रेस, झापाले लिबर खराब भएर जीवन मरणको दोसाधमा पुगेका आफ्नो एक लोकतान्त्रिक योद्धालाई सहयोग गर्न अभियान थाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गौरव पोखरेल/साउन ३, झापा । नेपाली कांग्रेस, झापाले लिबर खराब भएर जीवन मरणको दोसाधमा पुगेका आफ्नो एक लोकतान्त्रिक योद्धालाई सहयोग गर्न अभियान थाले"/>

२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

प्रजातान्त्रिक योद्धा सिटौलाको सहयोग अभियानमा नेपाली कांग्रेस

२०७३, ३ श्रावण सोमबार २१:२५



गौरव पोखरेल/साउन ३, झापा । नेपाली कांग्रेस, झापाले लिबर खराब भएर जीवन मरणको दोसाधमा पुगेका आफ्नो एक लोकतान्त्रिक योद्धालाई सहयोग गर्न अभियान थालेको छ । 

कांग्रेस झापाले पाँचगाछी–४, बोलोचौकका भक्तिप्रसाद सिटौलाको लिवर खराब भएपछि उनको सहयोगका लागि ‘भक्तिप्रसाद सिटौला (पाँचगाछी) बचाऊ’अभियान थालेको हो । सिटौलाको नयाँ दिल्लीस्थित मेदन्त अस्पतालमा उपचार भइरहेको छ । ‘उनको लिवरको यथाशिघ्र ट्रान्सप्लान्ट गर्नु पर्ने चिकित्सकहरुले सल्लाह दिएका छन्’, नेपाली कांग्रेस–झापाका सभापति उद्वब थापाले भने, ‘यसका लागि करिब ८० लाख खर्च हुन्छ । 

त्यसैले सहयोगका लागि यो अभियान शुरु गरेका हौं ।’ सिटौलाको छोरी भूमिकाको लिबर ट्रान्सप्लान्ट गर्ने तयारी गरिएको परिवारलाई उदृत गर्दै विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसले सबैसँग सहयोगका लागि अपिल पनि गरेको छ । यो अभियानबाट २० लाख रुपैयाँ सहयोग सङ्कलन गर्ने अपेक्षा लिइएको छ ।

सहयोग सङ्कलनका लागि जिल्लामा जिल्ला सभापति र प्रत्येक क्षेत्रमा क्षेत्रीय सभापतिको संयोजकत्वमा समिति गठन गरिएको बताइएको छ । रकम सङ्कलन गरेर एक हप्ताभित्रमा हस्तान्तरण गरिने बुझिएको छ । 

पाँचगाछीमा खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएको उनको परिवारमा वृद्ध बुवा लक्ष्मीप्रसाद सिटौला, पत्नी जानुका सिटौला र दुई छोराछोरी  छन् । सिटौलाले ०३६ सालदेखि नेपाल विद्यार्थी संघको कार्यकर्ता हुँदै सक्रिय राजनीति शुरु गरेका थिए । ०४६ सालको पञ्चायत विरोधी आन्दोलनमा उनी २ पटक पटक पक्राउ परेका थिए भने दुई महिना जेलमा समेत परेका थिए ।

उनले कांग्रेसको ८ औं देखि १३ औं महाधिवेशनसम्म निरन्तर महासमिति सदस्य एवम् जिल्ला पार्टी सचिव भइ काम गरेका थिए । उनी पाँचगाछी गाउँ विकास समितिका पहिलो जननिर्वाचित उपाध्यक्ष पनि हुन् ।

उनलाई सहयोग गर्नका लागि नेपाल राष्ट्र बैंक, विर्तामोडमा ०८८००१००४३१५७३०००००१ नम्बरको चल्ती खाता खोलिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम