गौरव पोखरेल/साउन ३, झापा । नेपाली कांग्रेस, झापाले लिबर खराब भएर जीवन मरणको दोसाधमा पुगेका आफ्नो एक लोकतान्त्रिक योद्धालाई सहयोग गर्न अभियान थाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गौरव पोखरेल/साउन ३, झापा । नेपाली कांग्रेस, झापाले लिबर खराब भएर जीवन मरणको दोसाधमा पुगेका आफ्नो एक लोकतान्त्रिक योद्धालाई सहयोग गर्न अभियान थाले"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

प्रजातान्त्रिक योद्धा सिटौलाको सहयोग अभियानमा नेपाली कांग्रेस

३ श्रावण २०७३, सोमबार २१:२५



गौरव पोखरेल/साउन ३, झापा । नेपाली कांग्रेस, झापाले लिबर खराब भएर जीवन मरणको दोसाधमा पुगेका आफ्नो एक लोकतान्त्रिक योद्धालाई सहयोग गर्न अभियान थालेको छ । 

कांग्रेस झापाले पाँचगाछी–४, बोलोचौकका भक्तिप्रसाद सिटौलाको लिवर खराब भएपछि उनको सहयोगका लागि ‘भक्तिप्रसाद सिटौला (पाँचगाछी) बचाऊ’अभियान थालेको हो । सिटौलाको नयाँ दिल्लीस्थित मेदन्त अस्पतालमा उपचार भइरहेको छ । ‘उनको लिवरको यथाशिघ्र ट्रान्सप्लान्ट गर्नु पर्ने चिकित्सकहरुले सल्लाह दिएका छन्’, नेपाली कांग्रेस–झापाका सभापति उद्वब थापाले भने, ‘यसका लागि करिब ८० लाख खर्च हुन्छ । 

त्यसैले सहयोगका लागि यो अभियान शुरु गरेका हौं ।’ सिटौलाको छोरी भूमिकाको लिबर ट्रान्सप्लान्ट गर्ने तयारी गरिएको परिवारलाई उदृत गर्दै विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसले सबैसँग सहयोगका लागि अपिल पनि गरेको छ । यो अभियानबाट २० लाख रुपैयाँ सहयोग सङ्कलन गर्ने अपेक्षा लिइएको छ ।

सहयोग सङ्कलनका लागि जिल्लामा जिल्ला सभापति र प्रत्येक क्षेत्रमा क्षेत्रीय सभापतिको संयोजकत्वमा समिति गठन गरिएको बताइएको छ । रकम सङ्कलन गरेर एक हप्ताभित्रमा हस्तान्तरण गरिने बुझिएको छ । 

पाँचगाछीमा खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएको उनको परिवारमा वृद्ध बुवा लक्ष्मीप्रसाद सिटौला, पत्नी जानुका सिटौला र दुई छोराछोरी  छन् । सिटौलाले ०३६ सालदेखि नेपाल विद्यार्थी संघको कार्यकर्ता हुँदै सक्रिय राजनीति शुरु गरेका थिए । ०४६ सालको पञ्चायत विरोधी आन्दोलनमा उनी २ पटक पटक पक्राउ परेका थिए भने दुई महिना जेलमा समेत परेका थिए ।

उनले कांग्रेसको ८ औं देखि १३ औं महाधिवेशनसम्म निरन्तर महासमिति सदस्य एवम् जिल्ला पार्टी सचिव भइ काम गरेका थिए । उनी पाँचगाछी गाउँ विकास समितिका पहिलो जननिर्वाचित उपाध्यक्ष पनि हुन् ।

उनलाई सहयोग गर्नका लागि नेपाल राष्ट्र बैंक, विर्तामोडमा ०८८००१००४३१५७३०००००१ नम्बरको चल्ती खाता खोलिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ