साउन ५,नवलपरासी । नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको मंगलवार चोरमारामा सम्पन्न बैठकले नेता कार्यकर्ताहरुको जिम्मेवारी हेरफेर गरेको छ । 

बैठकले क्रान्तिकारी पार्टीलाई अर्धभुमिगत रुपमा संचालन गर्नुपर्नेमा जोड दिदै जिल्ला सेक्रेटरी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५,नवलपरासी । नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको मंगलवार चोरमारामा सम्पन्न बैठकले नेता कार्यकर्ताहरुको जिम्मेवारी हेरफेर गरेको छ । 

बैठकले क्रान्तिकारी पार्टीलाई अर्धभुमिगत रुपमा संचालन गर्नुपर्नेमा जोड दिदै जिल्ला सेक्रेटरी "/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

क्रान्तिकारी माओवादी नवलपरासीद्वारा कार्यकर्ताहरुको जिम्मेवारी हेरफेर

४ श्रावण २०७३, मंगलवार २३:२२

साउन ५,नवलपरासी । नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको मंगलवार चोरमारामा सम्पन्न बैठकले नेता कार्यकर्ताहरुको जिम्मेवारी हेरफेर गरेको छ । 

बैठकले क्रान्तिकारी पार्टीलाई अर्धभुमिगत रुपमा संचालन गर्नुपर्नेमा जोड दिदै जिल्ला सेक्रेटरी तथा इलाका सेक्रेटरी एंव जनबर्गीय संगठन तथा मोर्चाको जिम्मेवारी समेत हेरफेर गरेको छ । बैठकले प्रदीपलाई सेक्रेटरीमा निर्वाचित गरेको छ भने ७ वटा इलाकाका इलाका सेक्रेटरी समेत चयन गरेको छ । 

सो पार्टीले बैधानिक र अबैधानिक रुपमा दुबै संर्घषलाई बर्गसंर्घषमा जोड्दै जनताका माझमा जाने तयारी समेत गरेको बुझिएको छ । सर्बदलीयमा प्रतिनिधित्व गर्नमा लागि बैधानिक मोर्चाको तयारी गरेको बैद्य माओवादीले स्थानीय निकाय तथा सरकारी गैरसरकारी क्षेत्रमा भएका बिकृति घुसखोरीलाई भण्डाफोर गर्न नेता कार्यकर्तालाई निर्देशन समेत दिइएकोछ । 

त्यस्तै बैठकले अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला संयोजकमा रामआश्रय कुमाल, अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ जिल्ला संयोजकमा चुडामणि भण्डारी, थारु

मोर्चाको जिल्ला संयोजकमा दुर्गा चौधरी तथा क्रान्तिकारी बुद्धिजिवीसंगठनको संयोजकमा पिताम्बर तिवारीलाई जिम्मेवारी दिएको छ । 

अन्य २२ वटा जनबर्गीय संगठन तथा जातीय क्षेत्रीय मोर्चाहरुको नेतृत्व भने यथावत राखेको छ । बैठकले पार्टीको सेल, गाउ, नगर तथा इलाकास्तरीय भेला प्रशिक्षण समेत ठोस गरेको सेक्रेटरी प्रदीपले बताए । 

त्यस्तै जनबर्गीय तथा जातीय क्षेत्रीय मोर्चाका बैठक समेत तयारी गरेको बताइएकोछ । बैठकले अपर कर्णाली भारतीय कम्पनीलाई दिने निर्णय राष्ट्रघाती रहेको भन्दै त्यसका बिरुद्ध संर्घष गर्ने र राष्ट्रियताजनतन्त्र र जनजिविकाको पक्षमा आवाज उठाउने निर्णय गरेको जनाइएकोछ । 

बैठक अनुकुलको अध्यक्षता पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अबध राज्य ईञ्चार्ज प्रेम सुवेदीको प्रमुख आतिथ्यता, प्रदीपको संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ