नन्दराम जैशी/साउन ६, जुम्ला । गरिब घरपरिवार पहिचानमा व्यापक त्रुटि भएको भन्दै माओवादि केन्द्र जुम्लाले पत्रकार सम्मेलन तथा प्रेश विज्ञप्ती निकालेर ध्यानाकर्षण जनाएको छ । 

पार्टी कार्यालयमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दे माओवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/साउन ६, जुम्ला । गरिब घरपरिवार पहिचानमा व्यापक त्रुटि भएको भन्दै माओवादि केन्द्र जुम्लाले पत्रकार सम्मेलन तथा प्रेश विज्ञप्ती निकालेर ध्यानाकर्षण जनाएको छ । 

पार्टी कार्यालयमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दे माओवा"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

गरिब घरपरिवार पहिचानमा व्यापक त्रुटि भयो: माओवादि केन्द्र

२०७३, ५ श्रावण बुधबार २२:३६

नन्दराम जैशी/साउन ६, जुम्ला । गरिब घरपरिवार पहिचानमा व्यापक त्रुटि भएको भन्दै माओवादि केन्द्र जुम्लाले पत्रकार सम्मेलन तथा प्रेश विज्ञप्ती निकालेर ध्यानाकर्षण जनाएको छ । 

पार्टी कार्यालयमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दे माओवादि केन्द्रले गरिबको नाममा धनिको नाम परेको र गरिबको नाम धनिमा परेको बताएको छ । यसलाई पुनरावलकन गरि विवरण सच्याउन सम्बन्धित निकायको ध्यान आकर्षण गराएको हो ।

समयमै विवरण नसच्याइए आन्दोलन गर्ने चेतवानि समेत माओवादि केन्द्रले दिएको छ । मोआवादि केन्द्रका जिल्ला संयोजक वीरवहादुर कुँवर र इन्चार्ज नवराज न्यौपानेद्धरा हस्ताक्षेरित विज्ञप्तीमा जुम्लाका गरिव परिवारलाई आफ्नो विवरण हेरि निवेदन दिन आग्रह गरीएको छ । जिल्ला विकास समितिले सार्वजनिक गरेको गरिब घरपरिवारको सूचीमा गरिबको भन्दा धनिको नाम उल्लेख भएको विज्ञप्तीमा भनिएको छ । जुम्लामा सरकारले संकलन गरेको गरिबको सूचीमा गरिबभन्दा धनी र हुनेखानेकै नाम समावेश भएको माओवादि केन्द्रको दावि छ ।

वास्तविक गरिबको नाम त्यहाँ अटेको छैन । सरकारले देशमा विद्यमान गरिबीको संख्या घटाउने भन्दै २०६९ साल भदौ ५ गते गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्ड गठन गरेर गरिब परिवारको लगत संकलन गर्ने काम सुरु गरेको थियो । कार्यक्रम सुरु भएपछि जुम्लाका तत्कालिन ३० वटै गाविसमा गरिवि निवारण कोषद्धारा सञ्चालित कार्यक्रमका समाजिक परिचालक मार्फत गरिब घरपरिवार पहिचान सर्वेक्षण फारम भरिएको थियो ।      

लगत संकलन गर्ने क्रममा सामाजिक परिचालहरुले कम्जोरि गरेको माओवादिक केन्द्रका जिल्ला इन्चार्ज नवराज न्यौपानेले बताए । गरिबको सूचीमा सरकारी जागिरे, संस्थाका निर्देशक र गाविस सचिवको नाम परेको उहाँको भनाइ छ । वास्तविक गरिबको नाम भने सूचीमा उल्लेख नभएको न्यौपानले दावि गरे । यो गरिब घरपरिवारका नाममा धनी घर पहिचान कार्यक्रम रहेछ भन्ने निष्कर्षमा पुगेको माओवादि केन्द्रका जिल्ला संयोजक वीरवहादुर कुँवरको भनाइ छ । गरिबका नाममा धनी र पहुँचवालाको नाम उल्लेख भएको उनले बताए ।         


  

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु