नन्दराम जैशी/साउन ६, जुम्ला । गरिब घरपरिवार पहिचानमा व्यापक त्रुटि भएको भन्दै माओवादि केन्द्र जुम्लाले पत्रकार सम्मेलन तथा प्रेश विज्ञप्ती निकालेर ध्यानाकर्षण जनाएको छ । 

पार्टी कार्यालयमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दे माओवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/साउन ६, जुम्ला । गरिब घरपरिवार पहिचानमा व्यापक त्रुटि भएको भन्दै माओवादि केन्द्र जुम्लाले पत्रकार सम्मेलन तथा प्रेश विज्ञप्ती निकालेर ध्यानाकर्षण जनाएको छ । 

पार्टी कार्यालयमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दे माओवा"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

गरिब घरपरिवार पहिचानमा व्यापक त्रुटि भयो: माओवादि केन्द्र

५ श्रावण २०७३, बुधबार २२:३६

नन्दराम जैशी/साउन ६, जुम्ला । गरिब घरपरिवार पहिचानमा व्यापक त्रुटि भएको भन्दै माओवादि केन्द्र जुम्लाले पत्रकार सम्मेलन तथा प्रेश विज्ञप्ती निकालेर ध्यानाकर्षण जनाएको छ । 

पार्टी कार्यालयमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दे माओवादि केन्द्रले गरिबको नाममा धनिको नाम परेको र गरिबको नाम धनिमा परेको बताएको छ । यसलाई पुनरावलकन गरि विवरण सच्याउन सम्बन्धित निकायको ध्यान आकर्षण गराएको हो ।

समयमै विवरण नसच्याइए आन्दोलन गर्ने चेतवानि समेत माओवादि केन्द्रले दिएको छ । मोआवादि केन्द्रका जिल्ला संयोजक वीरवहादुर कुँवर र इन्चार्ज नवराज न्यौपानेद्धरा हस्ताक्षेरित विज्ञप्तीमा जुम्लाका गरिव परिवारलाई आफ्नो विवरण हेरि निवेदन दिन आग्रह गरीएको छ । जिल्ला विकास समितिले सार्वजनिक गरेको गरिब घरपरिवारको सूचीमा गरिबको भन्दा धनिको नाम उल्लेख भएको विज्ञप्तीमा भनिएको छ । जुम्लामा सरकारले संकलन गरेको गरिबको सूचीमा गरिबभन्दा धनी र हुनेखानेकै नाम समावेश भएको माओवादि केन्द्रको दावि छ ।

वास्तविक गरिबको नाम त्यहाँ अटेको छैन । सरकारले देशमा विद्यमान गरिबीको संख्या घटाउने भन्दै २०६९ साल भदौ ५ गते गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्ड गठन गरेर गरिब परिवारको लगत संकलन गर्ने काम सुरु गरेको थियो । कार्यक्रम सुरु भएपछि जुम्लाका तत्कालिन ३० वटै गाविसमा गरिवि निवारण कोषद्धारा सञ्चालित कार्यक्रमका समाजिक परिचालक मार्फत गरिब घरपरिवार पहिचान सर्वेक्षण फारम भरिएको थियो ।      

लगत संकलन गर्ने क्रममा सामाजिक परिचालहरुले कम्जोरि गरेको माओवादिक केन्द्रका जिल्ला इन्चार्ज नवराज न्यौपानेले बताए । गरिबको सूचीमा सरकारी जागिरे, संस्थाका निर्देशक र गाविस सचिवको नाम परेको उहाँको भनाइ छ । वास्तविक गरिबको नाम भने सूचीमा उल्लेख नभएको न्यौपानले दावि गरे । यो गरिब घरपरिवारका नाममा धनी घर पहिचान कार्यक्रम रहेछ भन्ने निष्कर्षमा पुगेको माओवादि केन्द्रका जिल्ला संयोजक वीरवहादुर कुँवरको भनाइ छ । गरिबका नाममा धनी र पहुँचवालाको नाम उल्लेख भएको उनले बताए ।         


  

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ