१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिँचाइ व्यवस्थापनका लागि श्रम परिचालन गरिन्छः मन्त्री फुयाँल

२७ जेष्ठ २०७७, मंगलवार ०५:१२

जेठ २७, हेटौँडा। वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सिँचाइको व्यवस्थापनका लागि सरकारका तर्फबाट व्यापक श्रम परिचालन गरिएको बताउनुभएको छ । सरकारले कोभिड–१९ को प्रभावका कारण कृषि उत्पादनलाई प्राथमिकता दिएकाले माटो उत्पादनशील भइकन पनि सिँचाइ अभावका कारण उत्पादन हुननसकेका भूमिलाई सिँचित बनाइने बताउनुभयो । 

सोमबार रासससँग कुरा गर्दै मन्त्री फुँयालले लकडाउनका कारण उत्पन्न परिस्थितिको सामना गर्न उत्पादन बढाउनुपर्ने र त्यसका लागि मन्त्रालयले ठूला तथा मझौला नहरको निर्माण एवं मर्मत गर्नुपर्ने तथा विगतमा विविध कारणले रोकिएको कुलो तथा राजकुलोको पुनः सञ्चालन गरिनुपर्ने उल्लेख गर्नुभयो । 

उहाँले आफूले मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नासाथ सिँचाइका योजनालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउनुभयो । लक्ष्य निर्धारणसहित तालिका बनाएर केन्द्र, प्रदेश तथा स्थानीय तहसँग एवं तिनका प्रतिनिधिसँग समेत समन्वय गरी धमाधम काम भइरहेको उहाँको भनाइ थियो । मन्त्री फँुयालले हाल प्रदेश सरकार वास्तविक किसान र सही उपभोक्तामाझ पुगेको भन्दै प्रदेशका १३ वटै जिल्लाका ६६ वटै प्रदेश निर्वाचन क्षेत्रमा  सिँचाइका साना, ठूला योजनाको काम, मर्मतसम्भार तथा रोकिएका कुलोहरुको पुनः सञ्चालन गर्ने काम धमाधम भइरहेको उल्लेख गर्नुभयो ।

उहाँले प्रदेशको कृषि मन्त्रालय तथा वन मन्त्रालयले कार्यान्वयन गर्न गइरहेका कृषि कार्यक्रम तथा जडीबुटी खेतीका लागि पानी अपरिहार्य भएको भन्दै मन्त्रालयले सिँचाइका पूर्वाधार निर्माणको कामको गति बढाउन अनुगमन तथा उपभोक्तालाई प्रत्यक्ष संलग्न गराउने खालका काममा मन्त्रालय जुटेको जानकारी दिनुभयो ।

मन्त्री फुँयालले टीकाभैरवबाट पाटनसम्मको ६०० वर्षभन्दा पनि पुरानो लिच्छवीकालीन राजकुलो दैनिक १०० भन्दा बढी श्रमिक परिचालन तथा जनश्रमदानसहित पुनःनिर्माण भइरहेको जानकारी दिनुभयो । टीकाभैरवबाट थैव, सुनाकोठी, खुमलटार हुँदै वाग्मतीमा पानी खसाल्ने गरी उक्त राजकुलो यही असारसम्ममा प्रयोग गर्न मिल्ने गरी द्रुतगतिमा काम भइरहेको उहाँले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण