ललित बोहरा/साउन ७, डडेल्धुरा । नेकपा एमाले डडेल्धुराले बिचार गोष्ठि तथा बालगृहमा रहेका बालवालिकालाई फलफुल वितरण गरी शुक्रवार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/साउन ७, डडेल्धुरा । नेकपा एमाले डडेल्धुराले बिचार गोष्ठि तथा बालगृहमा रहेका बालवालिकालाई फलफुल वितरण गरी शुक्रवार "/>
२ माघ २०८२, बिहीबार
डडेलधुरा - DDL

डडेल्धुरामा पनि पुष्पलाल स्मृती दिवस मनाईयो

७ श्रावण २०७३, शुक्रबार ०६:०३

ललित बोहरा/साउन ७, डडेल्धुरा । नेकपा एमाले डडेल्धुराले बिचार गोष्ठि तथा बालगृहमा रहेका बालवालिकालाई फलफुल वितरण गरी शुक्रवार ३८आँै पुष्पलाल स्मृती दिवस मनाएको छ ।

नेकपा एमाले डडेल्धुराद्धारा सदरमुकाममा आयोजित ‘वर्तमान सन्दर्भमा पुष्पलालका विचारहरुको सान्दर्भिकता’विषयक बिचार गोष्ठिमा समृद्ध नेपालको स्थापनाका लागी बामपन्थि र दक्षिणपन्थी बिचार मिलेर जानु पर्नेमा सहभागीहरुले जोड दिएका थिए । 

स्वर्गिय नेता पुष्पलालले समृद्ध नेपालको परिकल्पना गरी जहानिय राणा शासनकालको अन्त्य गरेको नेकपा एमाले जिल्ला कमिटी सचिव धनबहादुर साँउदले बताएका थिए । विचार गोष्ठिमा बुद्धिजिवि परिषद डडेल्धुराका अध्यक्ष पुष्पराज जोशीले पुष्पलालले गरेका क्रियाकलाप बारे कार्यपत्र प्रस्तुत गरेका थिए । विचार गोष्ठिमा महाकाली साहित्य प्रतिष्ठानका अध्यक्ष कर्णबहादुर चन्दले पुष्पलाल एक महान पुरुष भएको बताउदै उनले देखाएको बाटोमा हिड्नु पर्ने बताएका थिए ।

यसै बिच स्मृति दिवसको अवसरमा नेकपा एमाले डडेल्धुराले अमरगढी ७ पोखरामा रहेको वेथस्दा बालगृमा रहेका अनाथ बालवालिकालाई फलफुल वितरण गरेको छ । वेथस्दा बालगृहमा अहिले ९ जना अनाथ बालवालिका रहेका छन । 

पाँच जना बालवालिका बिद्यालयको अध्ययन पश्चात घर फिर्ता पठाईएको बालगृहका सञ्चालकले जनाएका छन । उग्रतारा उच्च मावि र महादेव शैलेश्वर प्रावि पोखरामा अध्ययनरत अनाथ बालवालिकालाई सातामा एक पटक वेथस्दा चर्चमा गरिने मण्डलीबाट अन्न मुठी दान, रुपैया दान उठाईने गरेको छ । 

बालवालिकाको खर्चका लागी भारतको एन.आई.सि.गड ले प्रति महिना एक बालकका लागी दुई हजार रुपैया दिने गरेको बालगृह सञ्चालक जित ताम्राकारले बताएका छन । कानुनी समपुर्ण प्रक्रिया पु¥याई बालगृह सञ्चालन गरे पनि महिला तथा बालवालिका कार्यालय डडेल्धुराले लिखित रुपमा अनुमती नदिँदा आरोप सहनु पर्ने सञ्चालक ताम्राकारले दुखेसो पोखेका छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ