२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

१० असार २०७७, बुधबार ०७:४१

असार १०, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले बजेट माथिको छलफल गर्ने पहिलो दिन भएकोले आफ्नो आसनमा बस्न आग्रह गर्नुभएको थियो । 

सभामुखको आग्रहपछि पनि प्रतिपक्षी सदस्य आफ्नो आसनमा नबसेपछि एक जनालाई आफ्नो भनाइ राख्न अनुमति दिनुभयो । त्यसपछि नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले क्वारेन्टाइनमा बसेका नागरिकलाई बिना स्वास्थ्य जाँच घर पठाउने कार्य भइरहेको, उनीहरुको पिसिआर जाँच नहुँदा सङ्क्रमणको थप जोखिम बढेको क्वारेन्टाइनको अवस्था लथालिङ्ग भई जनता त्रसित हुँदापनि प्रदेश सरकार गम्भीर नभएको भन्दै तत्काल पिसिआरबाट स्वास्थ्य जाँचको व्यवस्था गर्न र नागरिकलाई व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गरी रोग नियन्त्रणमा प्रभावकारी काम गर्न माग गर्नुभयो । 

त्यसपछि पनि प्रतिपक्षी सदस्य आफ्नो आसनबाट उठेर विरोध गरेपछि सभामुखले बैठक स्थगन गरिएको जानकारी गराउनुभयो । आजको बैठकमा सरकारको आगमी आर्थिक वर्षका लागि ल्याइएको बजेट कार्यक्रममाथि छलफल शुरु गर्ने कार्यसूची रहेको थियो । रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य