१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

गणकपूरक सङ्ख्या नपुगेपछि इच्छाकामनाको गाउँसभा स्थगित

११ असार २०७७, बिहीबार ०५:४४

असार ११, मुग्लिन। चितवनको एकमात्र  गाउँपालिका इच्छाकामनाको सातौँ गाउँसभा स्थगित भएको छ । गणकपूरक सङ्ख्या  नपुगेपछि गाउँसभा स्थगित भएको हो । साँझ ६ बजे शुरु भएको बैठकमा १५ जनामात्र गाउँसभामा सदस्य  उपस्थित भएका थिए । 

गणकपूरक सङ्ख्याको आधारमा ५० प्रतिशत १८ जना  उपस्थित हुनुपर्ने थियो । गाउँपालिकामा गाउँसभा सदस्यको सङ्ख्या ३५ जना रहेका छन् । गणकपूरक सङ्ख्या नपुगेपछि गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष गीताकुमारी गुरुङले गाउँसभा स्थगित भएको  घोषणा गर्नुभयो । उहाँले आज बिहान ११ बजेसम्मका लागि गाउँसभा स्थगित गर्नुभएको हो ।  

गाउँसभा सञ्चालन तथा व्यवस्थापन कार्यविधि नियमावली २०७४ अनुसार ५० प्रतिशत सदस्य उपस्थित नभएकाले गाउँसभा स्थगित गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । इच्छाकामना गाउँपालिकाको गाउँसभा तथा अधिवेशन सञ्चालन तथा व्यवस्थापन कार्यविधि नियमावली २०७४ मा तत्काल कायम रहेका सदस्यको ५० प्रतिशत सदस्य उपस्थित रहनुपर्ने प्रावधान छ ।  

गाउँपालिकाका विभिन्न चार वडाका वडाध्यक्षसहित बहुमत सदस्य उपस्थित नभएका हुन् । वडा नम्बर १ का वडाध्यक्ष नन्दुलाल गिरीले आफूहरुको विभिन्न माग पूर्णरुपमा सम्बोधन नभएकाले गाउँसभामा उपस्थित नभएको बताउनुभयो ।  गाउँपालिका अध्यक्षले आफूहरुको केही माग सम्बोधन गर्ने प्रतिबद्धता भने जनाएको भन्दै  असन्तुष्ट गाउँसभाका सदस्यको बिहीबार बिहान बैठक बसी गाउँसभामा भाग लिने वा नलिनेबारे निर्णय गरिने  बताउनुभयो ।  

असन्तुष्ट  सदस्यले वडाले विनियोजन गरेको रु ५० लाख  आन्तरिक स्रोतमा पार्न नपाइने, गाउँपालिकाबाट विनियोजन हुने रकम वडाबाट वडा समितिले छानेर ल्याएको योजनाभित्रै पर्नुपर्ने, वडामा गाउँपालिकाबाट कार्यक्रम हुँदा वडाध्यक्षको उपस्थितिमा हुनुपर्ने, गाउँपालिकाको चौमासिक आम्दानी र खर्चको विवरण सार्वजनिक गर्नुपर्ने, भैपरी आउने खर्च र आपत्कालीन कोषका रकमबाहेक सबै रकम गाउँसभाअगावै विनियोजन हुनुपर्नेलगायत माग राखेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण