२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

स्थिर सरकारको पक्षमा युवाको प्रदर्शन

२०७७, २० असार शनिबार ११:२५

असार २०, दमौली । स्थिर सरकारको माग गर्दै युवाहरुले आज तनहुँको दमौलीमा प्रदर्शन गरेका छन् । अहिले सरकार परिवर्तन गर्ने समय नभएकाले वर्तमान सरकारलाई नै कार्यकाल पूरा गर्न दिनुपर्ने मागसहित युवाहरुले दमौलीमा प्रदर्शन गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुको समूह दमौली बजारका विभिन्न भागको परिक्रमा गर्दै मुख्यचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै युवाहरुले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने अहिलेको प्रमुख कार्यभार रहेकोमा जोड दिए ।

युवा कविराज श्रेष्ठले पार्टी एक हुनुपर्ने, सरकार ढाल्न नहुने र बाहिरी चलखेल बन्द हुनुपर्ने मागसहित नेताहरुलाई दबाब दिन प्रदर्शन गरिएको जानकारी दिनुभयो । युवा विद्यार्थी नवीन वाग्लेले भारतले मिचेको जमिन फिर्ता ल्याउने कामको अगुवाइ गर्नुहुने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनको माग बेमौसमीको बाजा भएको बताउनुभयो । पार्टी फुटाउने प्रयासलाई निस्तेज पारेरै छाड्ने बताउँदै वाग्लेले पार्टीलाई बलियो बनाउन युवाहरुको अभियान जारी रहने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा