१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

स्थिर सरकारको पक्षमा युवाको प्रदर्शन

२० असार २०७७, शनिबार ११:२५

असार २०, दमौली । स्थिर सरकारको माग गर्दै युवाहरुले आज तनहुँको दमौलीमा प्रदर्शन गरेका छन् । अहिले सरकार परिवर्तन गर्ने समय नभएकाले वर्तमान सरकारलाई नै कार्यकाल पूरा गर्न दिनुपर्ने मागसहित युवाहरुले दमौलीमा प्रदर्शन गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुको समूह दमौली बजारका विभिन्न भागको परिक्रमा गर्दै मुख्यचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै युवाहरुले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने अहिलेको प्रमुख कार्यभार रहेकोमा जोड दिए ।

युवा कविराज श्रेष्ठले पार्टी एक हुनुपर्ने, सरकार ढाल्न नहुने र बाहिरी चलखेल बन्द हुनुपर्ने मागसहित नेताहरुलाई दबाब दिन प्रदर्शन गरिएको जानकारी दिनुभयो । युवा विद्यार्थी नवीन वाग्लेले भारतले मिचेको जमिन फिर्ता ल्याउने कामको अगुवाइ गर्नुहुने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनको माग बेमौसमीको बाजा भएको बताउनुभयो । पार्टी फुटाउने प्रयासलाई निस्तेज पारेरै छाड्ने बताउँदै वाग्लेले पार्टीलाई बलियो बनाउन युवाहरुको अभियान जारी रहने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण