२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश प्रहरी र प्रदेश वन विधेयक सर्वसम्मतिले पारित

२०७७, २९ असार सोमबार १२:००

असार २९, विराटनगर | ‘प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ सर्वसम्मतिले आज पारित भएको छ । प्रदेश नं.१ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४(१)(क) बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्नुभएको थियो ।

मन्त्री कार्कीले सङ्घीयता कार्यान्वयनमा यी विधेयकले जग बसाल्ने बताउनुभयो । उहाँले अधिकार प्राप्तिका लडाइँमा सभा एक हुनुपर्ने भन्दै यो विधेयक सन्तुलित र सङ्घीय कानूनको परिधिभित्र रहेको छ भन्नुभयो । गल्ती गर्ने प्रहरीलाई सम्बन्धित जिल्लामै जिल्ला न्यायाधिवक्ताको नेतृत्वमा बन्ने विशेष अदालतले छिनोफानो गर्ने व्यवस्था विधेयकले गरेको छ भन्दै मन्त्री कार्कीले अहिलेको परिस्थितिमा प्रहरीको तलब दोब्बर गर्न नसकिने बताउनुभयो । उहाँले जोखिम र चुनौतीका क्षेत्रमा काम गर्ने प्रहरीलाई आन्तरिक मूल्याङ्कनमा नम्बर बढ्ने व्यवस्था मिलाएको जानकारी दिँदै प्रहरीको मनोबललाई उच्च बनाउन विधेयकले ठूलो मद्दत गर्ने विश्वास दिलाउनुभयो ।

यसअघि विधेयकको दफावार छलफलमा विधेयक संशोधनका लागि प्रस्ताव दर्ता गराउनु भएका प्रदेशसभा सदस्य उमीता विक, बुद्धिकुमार राजभण्डारी, लछुमण तिवारी, विमल कार्की र शिवनारायण गनगाईंले संशोधनका बुँदाहरु आंशिकरुपमा आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले स्वीकार गर्नुभएकाले उहाँहरुले सो प्रस्ताव फिर्ता लिनुभएको थियो ।

बैठकले प्रदेश नं.१ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम प्रदेश वनको व्यवस्था गर्नका लागि बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले सो प्रस्ताव सदनमा पेश गर्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक मङ्गलबार दिउँसो १ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु