नरी बडु/साउन १०, Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/साउन १०,
२०८२, १३ चैत्र शुक्रबार
बैतडी - BTD

१० बन्दकर्ता प्रहरी हिरासतमा

२०७३, १० श्रावण सोमबार ०५:५९

नरी बडु/साउन १०, बैतडी । जिल्लाको गोठलापानी बजारबाट प्रहरीले
१० जना बन्दकर्तालाई हिरासतमा लिएको छ ।

सोमबार अर्थात आज नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा
माओबादीले आयोजना गरेको नेपाल बन्दलाई समर्थन गदै हिडेका नेकपा माओबादीका १०
कार्यकर्तालाई प्रहरीले आज बिहान हिरासतमा लिएको जिल्ला प्रहरी प्रमुख मोहनप्रसाद
पोखरेलले जानकारी दिए ।

नेपाल बन्दको माईकिङ गर्दै हिडेका विप्लब कार्यकर्तालाई गोठलापानी
बाजार छेउछाउबाट पक्राउ गरी हिरासतमा लिएको उनले जानकारी  दिए । कञ्चनपुर
, सर्लाही लगायतका
क्षेत्रमा बासोबास गरीरहेका भुमीहीन तथा सुकुम्बासीहरुको बस्ती सरकारले हटाउन
लागेको विरोधमा नेकपा माओबादीले साउन १० गते 
देशभर नेपाल बन्दको घोषणा गरेको थियो ।

बन्दलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षामा संवेदनसीलता बढाएको प्रमुख
जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताउनुभयो । बन्दकर्ताहरुले भने शान्तिपुर्ण
आन्दोलन गरीरहेको बेला प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु