सन्तोषकुमार गुप्ता/साउन १०, दाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका १२ जना कार्यकर्तालाई दाङ प्रहरीले पक्राउ गरेको छ । यातायात र बजार बन्द गराउँदै हिडेका माओवादीका कार्यकर्ता पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एवं एसपी धिरजप्रताप सिंहले ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/साउन १०, दाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका १२ जना कार्यकर्तालाई दाङ प्रहरीले पक्राउ गरेको छ । यातायात र बजार बन्द गराउँदै हिडेका माओवादीका कार्यकर्ता पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एवं एसपी धिरजप्रताप सिंहले ज"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा बन्द गराउँदै हिडेका १२ जना बिप्लप माओवादीका कार्यकर्ता पक्राउ

१० श्रावण २०७३, सोमबार ०६:१५

सन्तोषकुमार गुप्ता/साउन १०, दाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका १२ जना कार्यकर्तालाई दाङ प्रहरीले पक्राउ गरेको छ । यातायात र बजार बन्द गराउँदै हिडेका माओवादीका कार्यकर्ता पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एवं एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

उनका अनुसार तुलसीपुरवाट ६ जना र घोराहीवाट ६ जना कार्यकर्ता पक्राउ परेका हुन । नेकपा माओबादी दाङका जिल्ला सेक्रेटरी बलबहादुर ओली शितलका अनुसार तुलसीपुरवाट प्रहरीले पार्टी जिल्ला कमिटी सदस्यहरु तिलक योगी, अमर केसी, तुलसीपुर नगर कमिटी सदस्यहरु सुदशर्न, निरज विक, अनेराश्ववियू क्रान्तिकारीका जिल्ला कमिटी सदस्य हेमन्तप्रकास वली,अखिल ट्रेड यूनियन महासंघका जिल्ला सहसचिव मिलाप मेगीलाई पक्राउ गरिएको छ । 

त्यस्तै घोराही वाट विद्यार्थी संगठनका नवराज विश्वकर्मा, विवश विसी, मनोज केसी, शिवराज महतरा, तेजेन्द्र रोका, र अनिल केसी रहेको जिल्ला सेक्रेटरी सितलले जानकारी दिए । जिल्ला सक्रेटरी सितलले प्रहरी प्रशासनले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग गर्दै धरपकट गरेको भन्दै विरोध गरेका छन् । 

यसैबीच नेपाल वन्दको प्रभाव दाङमा पनि विहानै देखि परेको छ । बन्दका कारण जिल्लामा मोटर गाडी सञ्चालनमा आउन सकेका छैनन् । बजार, कलकारखाना , उद्योग सबै ठप्प छ । विद्यालय पनि ठप्प छन् । बन्द साँझ ५ बजेमात्रै खुल्ने उक्त पार्टीले जनाएको छ ।

 सोमवार विहान ५ वजेदेखि नै बन्द आह्वान गरिएको छ । सरकारले असार २१ गते पूर्वी नेपालको सर्लाही ढुंगेखोला ८ धरहराको सुकुम्वासीवस्तीमा व्यापक दमन गरेकोले त्यसको विरुद्धमा नेपाल वन्द गरिएको विप्लव माओवादीले जनाएको छ ।

नेकपा माओबादी दाङका जिल्ला सेक्रेटरी बलबहादुर ओली सितलद्धारा हस्ताक्षरित विज्ञप्तिमा सुमुम्वासी वस्तीमा प्रहरीले दमन गर्दा ३६ जना सुकुम्वासी गम्भिर घाईते भएको, अन्य दर्जनौंलाई गिरफ्तार र धरपकड गरेको, सुकुम्वासीको अन्नवालीमा डोजर लगाएर नष्ट गरेको जस्ता आरोप लगाइएको छ । त्यसको विरुद्धमा नेपाल वन्द गर्नुपर्ने सक्रेटरी सितलको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ