साउन १० हेटौडा | नेपाल सरकारका पूर्व अर्थ सचिव एवम् नयाँ शक्ति नेपालका नेता रामेश्वर खनालले अवको राजनितिक पार्टी व्यवहारमा जनताको समस्यालाई सम्बोधन गर्ने जनमुखि प्रबृत्तिको हुनु पर्ने बताउनुभयो । उहाँले डा. बाबुराम भट्टराई कार्यकाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १० हेटौडा | नेपाल सरकारका पूर्व अर्थ सचिव एवम् नयाँ शक्ति नेपालका नेता रामेश्वर खनालले अवको राजनितिक पार्टी व्यवहारमा जनताको समस्यालाई सम्बोधन गर्ने जनमुखि प्रबृत्तिको हुनु पर्ने बताउनुभयो । उहाँले डा. बाबुराम भट्टराई कार्यकाल"/>
२ माघ २०८२, बिहीबार
मकवानपुर - MKW

जनमुखि राजनिति पार्टी जरुरी

१० श्रावण २०७३, सोमबार १०:१६

साउन १० हेटौडा | नेपाल सरकारका पूर्व अर्थ सचिव एवम् नयाँ शक्ति नेपालका नेता रामेश्वर खनालले अवको राजनितिक पार्टी व्यवहारमा जनताको समस्यालाई सम्बोधन गर्ने जनमुखि प्रबृत्तिको हुनु पर्ने बताउनुभयो । उहाँले डा. बाबुराम भट्टराई कार्यकालको विकास र विपि कोइरालाको प्रधानमन्त्रीत्वको पालामा २०१५ देखि २०१७ सालमा भएका विकासको बारेमा खुलेर प्रशंसा समेत गर्नुभयो । 

जसरी भट्टराईले आफ्नो कालमा दिर्घकालिन महत्वको विकास योजना ल्याउनुभयो त्यसैगरि विपिको पालामा शुरु भएको शैक्षिक अभियान र त्यस बेला खोलिएका विद्यालयका विद्यार्थी नै आजको राज्यसत्ता हाक्ने व्यक्तित्व भएको समेत बताउनुभयो । जनताको लागि राम्रो काम गर्ने जो कोसैलाई राम्रो भनेर प्रोत्साहन गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभयो । नयाँ शक्ति मकवानपुरका अभियन्ताहरुसँगको अन्तरक्रियामा बोल्दै नेता खनालले लामो भाषण गर्ने नेता होइन उत्पादनमुखि राजनितिक एजेण्डा कार्यान्वयन गर्ने नेतृत्व आवश्यक रहेका बताउनुभयो । मंसीर सम्म पार्टीको तल्लो तहमा गएर राजनैतिक आर्थिक बहस छलफल चलाउने बताउदै आर्थिक एजेण्डालाई नै अग्रगामी सोच भएका दलले आत्मसाथ गर्न सके मुलुकले सम्बृद्धिको खाका तय गर्ने बताउनुभयो । 

जिल्ला संयोजक प्रल्हाद लामिछानेले सहजिकरण गर्नुभएकोे कार्यक्रममा सुरेन्द्र भट्टराई, ज्ञानेन्द्र लामिछाने, छबिलाल वाइवा, सुबोध रिमाल लगायतले आर्थिक विकास, संघिय संरचना र जनतासँग पुग्ने आधार कसरी तय गर्ने भन्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा ३ नं प्रदेशका सहसंयोजक सोनाम सिं स्याडतान, ज्योति रायमाझि, विवेक वाइवा, लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ