साउन १०, डोटी | आर्थिक बर्ष सकिएको अबस्थामा पनि कारोबार भैरहेको सूचना आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलगढीमा छापा मारेको छ । खप्तड क्षेत्र पर्यटन बिकास समितिको सिलगढी स्थित कार्यालयमा अख्तियार दुरुपयोग "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १०, डोटी | आर्थिक बर्ष सकिएको अबस्थामा पनि कारोबार भैरहेको सूचना आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलगढीमा छापा मारेको छ । खप्तड क्षेत्र पर्यटन बिकास समितिको सिलगढी स्थित कार्यालयमा अख्तियार दुरुपयोग "/>
११ पुष २०८२, शुक्रबार
डोटी - DT

साउनमा कारोबार हुँदा अख्तियारले हाने छापा

१० श्रावण २०७३, सोमबार १०:२०

साउन १०, डोटी | आर्थिक बर्ष सकिएको अबस्थामा पनि कारोबार भैरहेको सूचना आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलगढीमा छापा मारेको छ । खप्तड क्षेत्र पर्यटन बिकास समितिको सिलगढी स्थित कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको हो । सो क्रममा भूक्तानीका लागि तयार पारिरहेको अबस्थामा केही चेकबुकहरु पनि कब्जामा लिईएको  जनाएको छ । तर यो कुरालाई अख्तियारको कार्यालयले भने पुष्टि गरेको छैन् । आर्थिक बर्ष सकिदा पनि भूक्तानीको काम भैरहेको सूचना आएका आधारमा सामान्य चेकजाँचका लागि आफुहरु गएको प्रमूख राजन नेपालले बताए ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शंकास्पद कागजातहरु समेत नियन्त्रणमा लिएको प्रमुख नेपालले बताए ।

खप्तड क्षेत्र पर्यटन बिकास समितिका बोर्ड सदस्य तथा योजना अनुगमन समितिका संयोजक घनश्याम जोशीले भूक्तानीका लागि तयार पारिएका चेँकबुकहरु पनि अख्तियारले नियन्त्रणमा लिएको कुरा स्वीकार गरेका छन्  । सम्पन्न तथा अधुरा योजनाहरुका फाईल तथा केही चेँकबुकहरु लगेको संयोजक जोशिले बताए । असार ३० गतेसम्म भूक्तानीको काम भैरहेको त थियो नै पछि भैरहेको कुरा भने आफुलार्ई थाहा नभएको बताए । कार्यकारी अधिकृत र लेखाको साथीले गरेको भए मलाई थाहा भएन् । आफुले अनुगमनका क्रममा ८÷१० वटा योजना सम्पन्न भएको बाकी अधुरै रहेको र केहीको काम शुरु नै नभएको पाईएको संयोजक जोशीले बताए । अनुगमनका क्रममा खप्तडमै पुगेर हेरेको र दुई÷तिन वटा योजनामा केही अड्चन र मौसमी समस्या कारण काम नै शुरु नभएको केही अधुरा नै छन् जोशिले बताए ।

खप्तड क्षेत्र बिकास समितिले आर्थिक बर्ष २०७२÷०७३ मा २४ वटा योजनाहरुमा बजेट आएको थियो । जसमा कुल बजेट एक करोड ८० लाख भन्दा बढी रहेको स्रोतले जनाएको छ । योजनाहरुको बजेट ५ लाख देखी २५ लाख सम्म रहेको छ । ती सबै योजनाका उपभोक्ता समितिले प्रारम्भीक पेश्की रकम लिइसकेका छन् । अधिकांश योजनाले दोस्रो पेश्की रकम पनि लिईसकेको स्रोतले जनाएको छ । आर्थिक बर्ष सकिसक्दा कार्यकारी अधिकृत यसमराज कुँबरले कामै शुरु नभएका र अधुरा योजनाहरुलाई पनि योजनाको भुक्तानी दिन खोजेको आरोप स्रोतको छ । ‘कार्यकारी अधिकृतले मिलोमतोमा कागजपत्र मिलाएर कामै नभएका योजनाहरुलाई पनि भूक्तानी दिने प्रयास गरेकाले  समयमै काम सम्पन्न भएका योजनाको भूक्तानी असारमै भैसक्नु पर्ने काम साउनमा भएको सो्रतले बताएको छ । खप्तड क्षेत्रको पर्यटन बिकासका लागि गठन भएको खप्तड क्षेत्र पर्यटन बिकास समितिका क्रियाकलाप पटक–पटक बिबादित हुदै आएका छन् ।

पछिल्ला दुईबर्षमा पनि कामै नभएका योजनाको भुक्तानी दिईएको, कागजी योजनाका आधारमा रकम फछ्र्यौट गरेको, कार्यकारी निर्देशक कुँबरले मनोमानी गरेको आरोपहरु लाग्दै आएका छन् । खप्तडकै बिषयमा ६÷७ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दिपायल स्थित कार्यालयमा परेको कार्यालयले जनाएको छ । ती बिषयमा पनि अनुसन्धाको काम चलिरहेको कार्यालयका प्रमूख नेपालले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक