७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

वाग्मती प्रदेशमा १२७ योजनाको काम भइरहेको छ : मन्त्री फुयाँल

२२ श्रावण २०७७, बिहीबार ०७:५२

साउन २२, वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले विकासको गति समातेको बताउँदै हाल प्रदेशमा १२७ वटा महत्वपूर्ण योजनाको काम भइरहेको जानकारी दिनुभएको छ । चितवनका विभिन्न आठभन्दा बढी निर्माणाधीन तथा निर्माण गर्नुपर्ने योजनाको अनुगमनपछि रासससँग कुरा गर्दै मन्त्री फुयाँलले अगामी दुई महिनाभित्र २९ वटा योजना निर्माणका लागि बोलपत्र आह्वान हुने बताउनुभयो । मन्त्री फुयाँलले ३५ आयोजनाको विस्तृत अध्ययन प्रतिवेदनको काम भइरहेको जानकारी दिनुभयो । उहाँले आर्थिक वर्ष २०७७/७८ मा पुलबाहेक ४० आयोजना सम्पन्न हुने बताउनुभयो । 

विभिन्न योजनाको अनुगमनका क्रममा चितवन पुग्नुभएका मन्त्री फुयाँलले राप्ती नगरपालिकाको वडा नं ७ र ८ का किसानको खेतबारीे  सिँचाइका लागि प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको चिप्लेटी कुलोको अनुगमन गर्नुभयो । कुलोको मुहान तथा नवनिर्मित कुलोको अनुगमनपछि बोल्दै मन्त्री फुयाँलले जनताको समस्या समाधानका लागि सरकारले जनतासँग नै मिलेर काम गर्ने बताउनुभयो । उहाँले रकम अभावका कारण कुनै पनि काम नरोकिने बताउँदै इच्छाशक्ति र पारदर्शिता भएमा थोरै रकमले पनि धेरै काम गर्न सकिने धारणा राख्नुभयो ।

मन्त्री फुयाँलले नारायणी खगेरी लिफ्ट सिँचाइ, हरिपुरमा गत महिना भाचिएर पुनःनिर्माण गर्नुपर्ने पुल, ऐतिहासिक गणेशथान मन्दिर तथा सुकुम्वासी बस्ती संरक्षणका लागि निर्माण गर्न लागिएको बाँध निर्माणस्थल, हरियाली उद्यानसहितको केरुङ्गा घोलको  बाँध निर्माणस्थल, नारायणी नदीस्थित जननेता मदन भण्डारीको शव भेटिएको स्थानमा निर्माणाधीन उद्यानलगायत आठ योजनाको अनुगमन गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण