२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखका नाममा कारण देखाऊ आदेश

३२ श्रावण २०७७, आईतवार ०५:२०

साउन ३२, डोटी | उच्च अदालत दिपायल राजपुरले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीसहित प्रहरी उपरीक्षक दिलीपसिंह देउवा र सम्बन्धित कार्यालयका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । उच्च अदालत दिपायल राजपुरका न्यायाधीश शेषराज सिवाकोटीको एकल इजलासले नायब महानिरीक्षक सुवेदीसहित तत्कालीन जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक देउवा, सङ्घीय प्रहरी एकाइ कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय अछामका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । 

आफूमाथि षड्यन्त्र गरेर झुटा मुचुल्का र प्रतिवेदन बनाएर जागिरबाट निकालेको भन्दै अछाममा कार्यरत तत्कालीन प्रहरी जवान दीपेन्द्र भट्टले उच्च अदालत दिपायल राजपुरमा पुनःवहालीका लागि रिट निवेदन दायर गरेपछि सोही रिटमाथि सुनवाइ गर्दै अदालतले यस्तो आदेश जारी गरेको उच्च अदालत दिपायल राजपुरका रजिष्ट्रार रणबहादुर कटवालले बताउनुभयो । उहाँले भन्नुभयो, “झुटा मुचुल्का र प्रतिवेदन बनाएर जागिरबाट निकालेको र पुनःवहालीका लागि प्रहरी जवान दीपेन्द्र भट्टले रिट दायर गरेका कारण उक्त रिटको सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी भएको छ, कारणबारे जानकारी आउँछ होला ।”

उता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले उच्च अदालतमा रिट निवेदन दर्ता गर्ने प्रहरी जवान भट्टले प्रहरी नियमावली तथा आचरणविपरीत काम गरेकाले जागिरबाट बर्खास्त गरिएको जिकिर गर्नुभएको छ । उहाँले भन्नुभयो, “भट्टजीले प्रहरी आचरण र नियमावलीविपरीत काम गरेकाले जागिरबाट हटाइएको हो, उहाँलाई हामीले चित्त नबुझे ३५ दिनभित्र अदालत जान पत्र दिएका थियौँ, अदालत जानु भएछ, हामी अदालतमा कुन कारणले उहाँलाई जागिरबाट हटाइएको हो सबै पेश गछौँं ।” जिल्ला प्रहरी कार्यालय अछामबाट घर बिदा गएका प्रहरी जवान भट्टलाई घर बिदाबाट फर्किएपछि प्रहरी प्रमुखले हाजिर हुन नदिएर ६० दिन गैरहाजिर रहेको भनी सेवाबाट हटाएको आरोप लागेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला