इनरुवा, १२ साउन । सरकारी निकाय मौन रहेको बेला भोकभोकै बसिरहेका सुनसरीका बाढीपीडितलाई नेकपा (माओवादी केन्द्र), घुस्कीले मंगलबार १३० परिवारलाई राहत सामग्री वितरण गरेको छ । 

केन्द्रले सीमावर्ती क्षेत्र घुस्की–२ का ५५ घर दलित परिवार र घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... इनरुवा, १२ साउन । सरकारी निकाय मौन रहेको बेला भोकभोकै बसिरहेका सुनसरीका बाढीपीडितलाई नेकपा (माओवादी केन्द्र), घुस्कीले मंगलबार १३० परिवारलाई राहत सामग्री वितरण गरेको छ । 

केन्द्रले सीमावर्ती क्षेत्र घुस्की–२ का ५५ घर दलित परिवार र घ"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बाढीपीडितलाई माओवादी केन्द्रको राहत

२०७३, ११ श्रावण मंगलवार २०:२८

साउन १२, इनरुवा । सरकारी निकाय मौन रहेको बेला भोकभोकै बसिरहेका सुनसरीका बाढीपीडितलाई नेकपा (माओवादी केन्द्र), घुस्कीले मंगलबार १३० परिवारलाई राहत सामग्री वितरण गरेको छ । 

केन्द्रले सीमावर्ती क्षेत्र घुस्की–२ का ५५ घर दलित परिवार र घुस्की–४ का ८० घर मुस्लिम परिवारलाई राहतस्वरुप चिउरा, भुजा, प्याज र नुन वितरण गरेको जनाएको छ । केन्द्रका घुस्की अध्यक्ष दिल महमदको अगुवाइमा बाढीपीडितलाई राहत वितरण गरिएको बताइएको छ । 

पीडितलाई पार्टीले प्रतिपरिवार दुई केजी भुजा, तीन केजी च्युरा, एक केजी नुन र केही प्याज वितरण गरेको जनाएको छ । यता बाढीका कारण बबिया–६ र ७ का ७० परिवार विस्थापनको अवस्थामा पुगेको गाविस सचिव नेत्र न्यौपानेले जानकारी दिनुभयो । 

सचिव न्यौपानेका अनुसार सुनसरी खोलामा आएको बाढीले बबिया–१, ६, ७ र ८ नम्बर वडाका मुस्लिम, खत्वे, मेहता र मुसहर समुदाय बढी प्रभावित भएका छन् । पीडितलाई राहतका लागि पहल गरिदिन उनीहरुले जिल्ला तहका सरकारी कार्यालय तथा दैवी प्रकोप उद्धार समितिलाई समेत आग्रह गरेका छन् । 

नरसिंह–७ र वसन्तपुर–७ जोड्ने सडक सुनसरी खोलाको बाढीले बगाएको छ । सो बाटो बगाएपछि सीमावर्ती बजार बसमतियाको सम्पर्कसमेत टुटेको छ । विद्यालय र स्थानीय प्रहरी चौकीमा समेत तीन फिटसम्म पानी जमेको स्थानीयवासी रामेश्वर मेहताले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु