२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भूकम्प स्मृति उद्यानले अन्तर्राष्ट्रिय महत्व राख्छ : सभामुख

१६ आश्विन २०७७, शुक्रबार ०५:००

असोज १६, सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट सबैभन्दा बढी क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मृति उद्यानको काम यथाशीघ्र अघि बढाउन पहल गर्ने बताउनुभएको छ । बिहीबार सदरमुकाम चौतारामा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत निर्माणको चरणमा रहेको भूकम्प स्मारक उद्यान समन्वय तथा सहजीकरणका लागि भएको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । 

उक्त स्मृति उद्यानका संरक्षकसमेत रहनुभएका सभामुख सापकोटाले राष्ट्रिय गौरवको आयोजना स्मृति उद्यान बनाउन कानूनी जटिलता हटाएर पूरा गरी छाड्ने प्रतिबद्वता जनाउनुभयो । विधि, विधान निर्माण गर्ने सङ्घीय संसद्को नेतृत्व गरेको हिसाबले बैठकमा उपस्थित भएको सभामुख सापकोटाले बताउनुभयो । “यो राष्ट्रिय गौरवको आयोजना हो, यसले अन्तर्राष्ट्रिय महत्व राख्छ”, सभामुख सापकोटाले भन्नुभयो, “यसकारण बैठकमा मेरो उपस्थिति आफैँमा अर्थपूर्ण छ ।”

समस्या निराकरणका लागि जोखिम आवश्यकता परे पनि दिन आफू तयार भएरै आएको उहाँले बताउनुभयो । राम्रो काम गर्नका लागि कानूनी जटिलतामात्रै प्रधान नरहेको उहाँको जिकिर थियो । देशकै स्मरणयोग्य बनाउनका लागि केही क्षति भए पनि ब्यहोर्न तयार हुनपर्नेमा उहाँले जोड दिनुभयो । “हामीले थालेको महान कार्यलाई रोक्ने होइन कि त्यसलाई ठिक ढङ्गले निकास दिनुपर्छ”, सापकोटाले भन्नुभयोे । उपाय कसरी निकाल्न सकिन्छ गहन छलफल गरेर निष्कर्ष निकाल्न उहाँले प्रमुख जिल्ला अधिकारीलगायतलाई निर्देशनसमेत दिनुभयो ।

स्मृति उद्यानको तत्कालीन वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटा र सांसद शेरबहादुर तामाङद्वारा विसं २०७३ वैशाख २९ गते शिलान्यास गरिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ दारेगौँडा पानी ट्याङ्कीमा भगवती सामुदायिक वन क्षेत्रको ४२ हजार १०८ वर्गमिटर क्षेत्रमा बन्ने गरी शिलान्यास भएको हो । निर्माण समन्वय र सहजीकरण समिति गठनसमेत भएर निर्माण शुरु भएको भनिएको उद्यान पाँच वर्ष बितिसक्दासमेत योजनामै थन्किएको छ । रु ४९ करोड ९३ लाख १६ हजार ५२४ को लागत अनुमान र उद्यानको डिपिआरसमेत सम्पन्न गरी पुनःनिर्माण प्राधिकरणबाट रु एक करोड स्वीकृत भई घेराबार लगाइएको थियो ।

बैठकको अध्यक्षता गर्नुभएका सांसद तथा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोकमा विद्यालय भवन निर्माणले देशकै अग्रता पाएजस्तै भूकम्प स्मृति उद्यान पनि सोही गतिमा बन्नुपर्ने धारणा राख्नुभयो । भूकम्पले देशकै सर्वाधिक क्षति पु¥याएको सिन्धुपाल्चोकमा भूकम्प स्मृति उद्यान बनाउन कसैगरी नरोकिने ठोकुवा गर्नुभयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, पूर्वसांसद सुभाष कर्माचार्य, जिल्ला अध्यक्ष झम्क नेपाल तथा नेपाली काँग्रेसका जिल्ला सचिव बिलबहादुर तामाङलगाएतले स्मृति उद्यान पुनःनिर्माणमा अड्किएको गाँठोलाई कुनै विधिद्वारा फुकाउनुपर्ने धारणा राख्नुभयो ।

बैठकमा भूकम्प स्मृति उद्यान निर्माणको हालसम्मको प्रगति र समस्याका बारेमा भूकम्प स्मारक उद्यान समन्वय तथा सहजीकरण समितिका सदस्यसचिव सन्तोषकुमार निरौलाले कार्यपत्र प्रस्तुत गर्नभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै निरौलाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट यही आर्थिक वर्ष २०७७ साउन २७ मा वन क्षेत्रको जग्गा सिफारिस समितिको सिफारिससहित पेश गर्न निर्देशन दिएको बताउनुभयो । उहाँका अनुसार सो समितिमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष, जिल्ला समन्वय अधिकारी, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अधिकृत र सम्बन्धित नगरपालिकाको प्रमुख सदस्य रहेका छन् । बैठकले सदस्यसचिव रहेका निरौला र वन डिभिजन कार्यालय सिन्धुपाल्चोकका डिभिजन प्रमुखलाई परामर्श गरेर समस्या सुल्झाउन जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

यसैबीच भूकम्प स्मारक उद्यान समन्वय तथा सहजीकरण समितिका संयोजक यसअघि सांसद शेरबहादुर तामाङ रहेकामा बैठकले पूर्वसांसद सुभाष कर्मचार्यलाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ । आफूले जिम्मेवारी पाएसँगै स्मारक उद्यान निर्माणमा पूर्णरुपमा लागिपर्ने कर्मचार्यले प्रतिबद्वता जनाउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान