महेन्द्र केसी | साउन १४, पर्वत | नयाँ सरकार गठनको प्रक्रिया सुरु भएसंगै संसदको सबैभन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी | साउन १४, पर्वत | नयाँ सरकार गठनको प्रक्रिया सुरु भएसंगै संसदको सबैभन्"/>
११ पुष २०८२, शुक्रबार
पर्बत - PBT

गुट परिर्वतनको उपहार जोशीलाई, पहिलो पटक अर्जुन मन्त्री बन्ने सम्भावना

१४ श्रावण २०७३, शुक्रबार ०९:०१

महेन्द्र केसी | साउन १४, पर्वत | नयाँ सरकार गठनको प्रक्रिया सुरु भएसंगै संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र मन्त्री चयनको विषयले महत्व पाउन थालेको छ । 

विगतमा सधै एउटै अनुहारलाई अवसर दिने गरेको आरोप खेप्दै आएको कांग्रेसभित्र यसपटक नयाँलाई प्राथमिकता दिन दवाव छ । संसदीय गतिविधिमा प्रभावकारी भूमिका निर्वाह गरेका र पार्टी संगठनमा पनि आफ्नो पहिचान स्थापित गरेकाहरुमध्ये केहीले भावी सरकारमा मन्त्री बन्ने सौभाग्य पाउने निश्चित छ । कांग्रेसले लिने भनेका १३ मध्ये ६ मन्त्रालयमा पुरानै अनुहार दोहोरिने देखिएपनि बाँकीमा नयाँ अनुहार पठाउने तयारी तीव्र छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँलाई प्राथमिकता दिन सहमत भएका छन् ।

क्षेत्र नं १ पर्वतबाट ४ पटक सम्म संविधानसभाको चुनावमा विजय भएका अर्जुनप्रसाद जोशी पनि माओवादी नेतृत्वको सरकारमा पहिलो पटक मन्त्री बन्ने बुझिएको छ । १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा क्याम्प चेन्ज गरेर देउवा समूहमा लागेकै कारण केन्द्रीय सदस्यमा पराजित भएका थिए अर्जुन जोशी । पर्वतबाट पटक पटक सांसदमा निर्वा्चित भएका जोशी यसपटक भने मन्त्री बन्दैछन् । सभापति देउवाले नै उनलाई केन्द्रीय सदस्य र मन्त्रीमध्ये एक रोज्न भनेको बताइन्छ । महाधिवेशनमा पराजित भएपछि केन्द्रीय सदस्य मनोनीत हुनुभन्दा मन्त्री भएर काम गर्ने ईच्छा जोशीले देखाएका छन् । जसका कारण पनि अब भन्ने काँग्रेस माओवादी गठबन्धनको सरकारमा उनको पनि सहभागिता हुने देखिएको छ । १३ औं महाधिवेशनमा मन्त्री बन्नकै लागि क्याम्प चेन्ज गरेको जोशीले आफ्नो इच्छा भने अब पुरा गर्ने देखिन्छ । जोशी मन्त्री भनेमा उनको इच्छा  र १३ औं महाधिवेशनमा देखाएको गुट परिर्वतनको अर्थसमेत पुष्टि हुनेछ । 

उनीसँगै नविन्द्रराज जोशी, धनराज गुरुङ, गगन थापा, महेन्द्र यादब, किरण यादव, जिवनबहादुर शाही, डिना उपाध्यया रहेका छन् । त्यसैगरी  दिपक गिरि, बद्री पाण्डे, जीवन परियार, मीन विश्वकर्मा,चन्द्र भण्डारी,भीष्मराज आङदाम्बे, भीमसेनदास प्रधान, रामहरी खतिवडा, अमृत अर्याल, राजन केसी, रामकृष्ण घिमिरे,सुरेन्द्रराज आचार्य,उषा गुरुङ लगायत पहिलो पटक मन्त्री वा राज्यमन्त्री बन्ने सम्भावना बढी देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक