2026-06-21 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाको सचिवालय बैठक बोलाउँन ५ सदस्यको लिखित माग

2020-11-07

कार्तिक २२, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बोलाउँन माग गर्दै प्रचण्ड सहित ५ सचिवालय सदस्यले प्रधानमन्त्री समक्ष लिखित पत्र बुझाएका छन् | पार्टीसँग सरसल्लाहका आधारमा सरकारका गतिविधि सञ्चालन गर्नुपर्ने,पार्टीको बैठक बोलाइनुपर्ने, यसअघि भएका निर्णय कार्यान्वयन गर्नुपर्ने माग सहित पाँच जना नेताहरुले पत्र बुझाएका हुन् |

पत्र बुझाउन कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ शनिबार बालुवाटार पुगेका थिए | यस अघि शुक्रबार प्रचण्डले अनौपचारिक सचिवालय बैठक भन्दै पार्टी कार्यालय धुम्बराहीमा सचिवालय सदस्यहरु बोलाएका थिए | उक्त बैठकमा प्रचण्ड सहित,सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ मात्र उपस्थित भएका थिए | 

पार्टीका अन्य ४ जना सचिवालय सदस्य प्रधानमन्त्री सहित इश्वर पोख्रेल,बिष्णु पौडेल,राम बहादुर थापा भने छलफलमा उपस्थित भएनन् | पार्टी भित्र देखिएको आन्तरिक विवाद समाधान गर्नुपर्ने माग सहित पाँच जना सचिवालय सदस्य भने एक ठाउँमा उभिएका छन् |

पार्टी एकता रक्षा गर्नका लागि  समयमै समग्र विषयमा छलफल गर्न बैठक आवश्यक रहेकाले बैठक बाेलाउन आग्रह गर्दै प्रधानमन्त्रीसँग लिखित आग्रह गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए | यद्यपी सचिवालय बैठक बोलाउने बारे भने प्रधानमन्त्री केहि बोलेका छैनन |

शुक्रबार सचिवालयका ५ नेताको छलफलले ओलीलाई भेटर बैठक बोलाउन आगह गर्ने निर्णय गरेको थियो । सोही अनुसार नेताहरु बालुवाटार पुगेका हुन् | पार्टीभित्रको विवाद चर्किँदै जाँदा ओलीले बैठक नै नबोलाउने अडान लिँदै आएको नेताहरुले बताउँदै आएका छन् । 

यसैबिच ओलीले सार्वजनिक रुपमै पार्टीका नेताहरुविरुद्ध खनिँदै प्रसंगमै नरहेको आफ्नो राजीनामा माग्न थालिएको अभिव्यक्ति दिएका थिए | पछिल्लो समय आन्तरिक विवादका कारण ओली र प्रचण्डबिच मतभेद बढ्दै गएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ