2026-06-21 11:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वमन्त्री गौचनको निधनप्रति सभापति देउवादवारा दुःख व्यक्त

2020-11-12

कार्तिक २७, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व सांसद तथा पूर्व राज्यमन्त्री ओमकारप्रसाद गौचनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । काँग्रेसका अग्रज व्यक्तित्व गौचनको निधनको खबरले आफू अत्यन्त मर्माहत र स्तब्ध भएको देउवाले बताए ।

'स्वर्गीय गौचनले राजनीतिका साथै विकास र सामाजिक क्षेत्रमा पु¥याउनु भएको सक्रिय योगदान सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,' काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत जारी शोक वक्तव्यमा देउवाको भनाइ छ ।

देउवाले गौचनको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् | ८५ वर्षीय ओमकारप्रसाद गौचनको हिजो बिहान ४ः३० बजे काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो ।

स्वर्गीय गौचन राजनीतिक क्षेत्रका साथै विकासप्रेमी र समाजसेवीका रुपमा समेत परिचित थिए । उनी २०४८ सालमा बाग्लुङ निर्वाचन क्षेत्र नं. ३ बाट सांसद पदमा निर्वाचित भएका थिए । स्वर्गीय गौचनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ